खैरो हिरोइनसहित पक्राउ

झापा। झापा गाउँपालिका–३ कल्लामारी क्षेत्रबाट प्रहरीले करिब ५० ग्राम खैरो हिरोइनसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
Advertisement 1
पक्राउ पर्नेमा भारतको किशनगन्ज जिल्ला, धनतोला मोहमारी बस्ने २२ वर्षीय एमडी फारुक छन्। गए राति लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर३७ एबी ५८५९ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको उक्त खैरो हिरोइन बरामद गरेको थियो।
बरामद लागुऔषध र मोटरसाइकलसहित फारुकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
प्रकाशित :२०८३ श्रावण १३, बुधबार १५:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








