सशस्त्र प्रहरीद्वारा ४ लाख १३ हजारको सामान बरामद

सशस्त्र प्रहरीले ४ लाख १३ हजारको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीद्वारा ४ लाख १३ हजार छ सय पचास बराबरको भन्सार छलीको सामान र सवारी साधन बरामद गरेको हो ।
Advertisement 1
सुनसरी जिल्लाको विभिन्न सीमावर्ती इलाकामा भारतीय बजारवाट लुकिछिपि भन्सार छलि नेपाल भित्राइएका किराना सामान, सुर्ती, प्याज, लत्ताकपडा र BR38Q807 नम्बरको १ ओटा मोटरसाइकल बरामद गरेको छ। उक्त वरामद सामानहरु आवश्यक कारवाहीको लागी सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धमा बुझाईएको सप्रबल नेपाल नं.४ गणका गणपति सप्रउ लकेश कुमार तुम्बाहाङ्गफेले जानकारी दिए ।
सीमापार अपराध तथा अवैध चोरी तस्करी नियन्त्रण गर्न सुनसरीले सिमा क्षेत्रमा अहोरात्र टोली परिचालन गरेको छ । सोही अनुसार परिचालन हुँदा सप्रबल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म हरिपुर, सप्रबल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोष्ट श्रीपुर, बोर्डर आउट पोष्ट लौकही, बोर्डर आउट पोष्ट उल्टी, बोर्डर आउट पोष्ट साहेबगंज, बोर्डर आउट पोष्ट हार्बोनी र सुरक्षा बेश भुटाहावाट खटिएको छ ।
Advertisement 2