काविल प्रशासकहरुको टिम बनाउँदै सचिव अर्याल

अधिकांश सरकारी कर्मचारीमा जागिरे मानसिकताबाट गुज्रिएका देखिन्छन् । तर,त्यो भीडमा फरक पहिचान बनाउन सफल छन् एकनारायण अर्याल । अर्याल जागिरे जीवनका सिलसिलामा जहाँ पुगे, त्यहाँ केही न केही सुधारका यत्न गरेका छन् ।
उनै अर्याल अहिले श्रम मन्त्रालयका सचिवको भूमिका छन् । त्यहाँ काविल प्रशासकहरुको टिम बनाउँदैछन् ।
अघिल्लो महिनामात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट श्रम मन्त्रालयमा पुगेका अर्यालले आफ्नो टिममा सक्षम प्रशासकहरुको टिम बनाउदै छन् । अर्यालले अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राजीव पोखरेललाई श्रम मन्त्रालयमा तानेका छन् ।
यस्तै केही अघि मात्र भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट शेष नारायण पौडेललाई आफूसँगै श्रममै लगेका छन् । यस्तै केही अघिमात्र सचिव अर्यालले रमेश अर्याललाई श्रममै तानेर अहिले ताहाचालस्थित श्रम कार्यालय सुधारको जिम्मेवारी दिएर पठाएका छन् ।
काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा सुधारको काम गरेर चर्चा कमाएका अर्यालले महावाणिज्यदूत हुँदै काठमाडौं महानगरपालिकाको प्रशासकीय अधिकृतको भूमिका निर्वाह गरेका थिए । त्यहाँबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहँदा प्रशासन सुधारका लागि धेरै यत्न गरेका थिए । दश महिनामै उनको सरुवा गरी अहिले त्यहाँ सुरेश अधिकारीलाई सचिव बनाएर लगिएको छ ।

Advertisement 1

शेष नारायण अर्याल ०७७ जेठदेखि झण्डै १८ महिना भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको भूमिकामा रहे । त्यहाँ रहँदा भूमि प्रशासनलाई प्रविधिमैत्री बनाउने काम गरे । पूराना ढड्डा, स्रेस्ता पल्टाइरहने झन्झट अन्त्य हुने स्थितीमा पुर्याए । अनलाइन प्रणालीबाटै काम तमाम हुने भए पछि मालपोतमा देखिने बिचौलियाहरुको रजगज अन्त्यको स्थितीमा पुग्यो ।
यस्तै ,कर्मचारीको सरुवामा हुने भनसुन पूर्णत बन्देज लाग्यो । यस्का अलवा वेबसाइटमा ‘अनलाइन सरुवा निवेदन’ भनेर एउटा कोलम राखिएको छ जहाँ कर्मचारीले त्यहीँ क्लिक गरेर फारम भरी ‘म यो कार्यालयमा छु, यो कार्यालयमा जान चाहन्छु’ भनेर निवेदन दिन सक्छन् । यस्ले कर्मचारी सरुवा बढुवाका नाममा कर्मचारी ट्रेड युनियनहरुले गर्ने चलखेल अन्त्य हुने स्थितीमा पुर्याए । हिजोका यही अनुभवलाई बटुलेर अब श्रम मन्त्रालयमा समेत अनलाइन प्रणालीबाटै काम तमाम हुने गरी प्रविधिमैत्री बनाउने जिम्मा अहिले शेष नारायण पौडेलले पाएका छन् ।
यस्तै केही जिल्लाका प्रमुख जिल्ला अधिकारी चलाइसकेका राजीव पोखरेल लामो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहे,कप्र महाशाखामा । उनी श्रममै पुगेका छन्,अस्ति १५ जना सहसचिव सरुवा हुँदा ।
यस्का अलवा अर्का काविल प्रशासकका रुपमा चिनिएका रमेश अर्याललाई अर्थ मन्त्रालयबाट तानेर अहिले ताहाचालस्थित श्रम कार्यालयमा पठाइएको छ ।

प्रकाशित :२०७८ पुष ९, शुक्रबार ०९:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry