प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ सुरु

काठमाडौं। प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको छ। सिंहदरबारस्थित संसदीय सुुनुवाइ समितिमा प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाइ सुरु भएको हो। यसअघि, काकीविरुद्ध परेको उजुरीका विषयमा छलफल भएको थियो। उनीविरुद्ध एउटा उजुरी परेको जनाइएको छ।

Advertisement 1

संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ।

प्रकाशित :२०८३ श्रावण १३, बुधबार १४:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry