प्राकृतिक चिकित्सालाई प्रवद्र्धन गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवद्र्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा आयोजित राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा उनले सो कुरा बताएका छन ।

Advertisement 1

“प्राकृतिक चिकित्सालाई प्रवद्र्धन गर्न मन्त्रालय र विभागसँगको समन्वयनबाट यस क्षेत्रका तागतलाई एकीकृत गरी उपलब्धिमूलक बनाउनु आवश्यक छ, जसको पूर्ण समर्थनमा मन्त्रालय रहेको छ”, मन्त्री बस्नेतले भने ।

प्राकृतिक चिकित्सा पद्धतिलाई विकास गर्न सकेमा आर्थिक लाभ, पर्यटन प्रवद्र्धन लगायतका बहुआयामिक फाइदा रहेकाले यस पद्धतिलाई सशक्त बनाउन सम्बद्ध सबै पक्ष एकजुट हुनुपर्ने र यसमा सरकारको पनि सहयोग रहने मन्त्री बस्नेतको भनाइ थियो ।  विभागमा प्राकृतिक चिकित्सकको व्यवस्थाका लागि तत्काल एकजना आठौँ तहको दरबन्दी सिर्जना गर्न विभागका अधिकारीलाई निर्देशन दिँदै उनले यो क्षेत्रमा थप जनशक्तिको व्यवस्था गर्दै जाने बताए ।

Advertisement 2

आयुर्वेद चिकित्सक डा पुनेश्वर केशरीले प्राकृतिक चिकित्सासम्बन्धी विद्यमान नीति, मापदण्ड, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्दै संवैधानिक व्यवस्थाअनुसार पालिकासम्म पुर्‍याउन आजको आवश्यकता रहेको बताए ।

मुलुकको भौगोलिक विविधताअनुसार प्राकृतिक चिकित्सासँग सम्बन्धित कार्यक्रम फरक ठाउँमा फरकरुपमा सञ्चालन गर्न आवश्यक रहेको बताउँदै प्रकृतिसँग जोडिएको चिकित्सालाई सबैले अनुसरण गर्न आवश्यक रहेको छ पूर्वसांसद शङ्कर पाण्डेले बताएका छन ।

Advertisement 3

योग तथा प्राकृतिक चिकित्सक सङ्घकी डा प्रतीक्षा पाण्डेले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकास प्रवद्र्धनका विषयमा कार्यपत्र प्रस्तुत गर्दै सरकारी तहबाटै पहल गर्नुपर्ने बताए । आयुर्वेद तथा चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले प्राकृतिक चिकित्साको विकासका लागि सबैको सहकार्य आवश्यक रहेकोे बताए।

प्रकाशित :२०८० असार २०, बुधबार १७:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry