२२ लाखबराबरका मालसामान बरामद

पर्सा। प्रहरीले रु २२ लाख २ हजार ७०० बराबरका मालसामानसहित तीनवटा गाडी बरामद गरेको छ।

Advertisement 1

वीरगन्ज महानगरपालिका–१० रानीघाटस्थित भारतबाट भन्सार छली चोरीपैठारी गरी भित्र्याइएका रु ४ लाख २३ हजार ५०० बराबरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले राससलाई जानकारी दिए।

३ वटा गाडीमाअ भन्सार छली ल्याउँदै गरेको रु १७ लाख ७९ हजार २०० बराबरका कपडालगायत सामान नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका गाडी र सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

Advertisement 2

प्रकाशित :२०८३ मंसिर ९ गते, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]