अनिवार्य अवकाशअघि सचिव डा. गोविन्द शर्माको राजीनामा स्वीकृत

काठमाडौं। नेपाल सरकारका सचिव डा. गोविन्द शर्माले अनिवार्य अवकाशमा जानुभन्दा करिब ३ साताअघि पदबाट राजीनामा दिएका छन्।
Advertisement 1
साउन १ गते पेश गरिएको उनको राजीनामा साउन ४ गतेदेखि लागू हुने गरी मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो। शर्मा उमेर हदका कारण साउन २४ गते अनिवार्य अवकाशमा जाने तयारीमा थिए।
अनिवार्य अवकाशको मिति आउनुअघि नै सचिव शर्माले स्वेच्छिक रूपमा पद त्याग गरेपछि उनको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको स्रोतले जनाएको छ।
Advertisement 2
सरकारी सेवामा लामो समय विभिन्न जिम्मेवारी सम्हालेका शर्मा अवकाशअघि नै राजीनामा दिने सचिवमध्येका एक बनेका छन्।
प्रकाशित :२०८३ श्रावण ८, शुक्रबार ११:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








