सिरहा ट्राफिकद्वारा रु १ करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड १४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ।

Advertisement 1

सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार ४१६ सवारी कारवाहीबाट रु १ करोड १४ लाख ३६ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए।

आव २०८१/८२ मा ३२ हजार १५७ सवारी चालकमाथि गरिएको कारवाहीबाट रु २ करोड ५१ लाख १९ हजार ५०२ राजस्व सङ्कलन गरेको थियो।

Advertisement 2

त्यस अवधिमा सिरहा जिल्लामा आव २०८२/८३ मा भएको १ हजार २० सवारी दुर्घटना भएका थिए। ती दुर्घटनमा परी ६२ पुरुष, सात महिला र १२ जना बालबालिकाको मृत्यु भएको थियो भने १ हजार ६७६ जना घाइते भए।

अघिल्लो आव २०८१/८२ मा सिरहामा ९६७ सवारी दुर्घटना हुँदा ६४ पुरुष, १४ महिला र ११ बालबालिकाको मृत्युु भएको थियो। ती घटनामा १ हजार ५५४ घाइते भएका थिए।

Advertisement 3

सडक अवस्था, मानवीय लापरवाहीलगायतका कारण सवारी दुर्घटना केही बढे पनि विगतका तुलनामा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या त्यस आर्थिक बर्षमा घटेको प्रहरी निरीक्षक मरासिनीले बताए।

पछिल्लो वर्षमा ट्राफिक सचेतना र नियमित जाँचका कारण सवारी दुर्घटनामा कमी आएको विश्वास गरिएको छ।

प्रकाशित :२०८३ श्रावण ५, मंगलवार १२:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry