पर्साबाट १ सय २ किलोभन्दा बढी गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२ स्थित सोनबर्सा क्षेत्रबाट प्रहरीले १ सय २ किलोभन्दा बढी गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Advertisement 1

इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको गस्ती टोलीले भारततर्फ जाँदै गरेको बिआर ०१ सी यु ५४४ नम्बरको सेतो स्पोट्र्स कारमा शंका लागेपछि जाँच गरेको थियो। जाँचका क्रममा सवारी साधनभित्र विभिन्न स्थानमा लुकाएर राखिएको १० पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजाको कुल तौल १०२ केजी ६३८ ग्राम रहेको छ। प्रहरीले उक्त कारका चालक भारतको बेतिया, नवलपुर निवासी अन्दाजी ३२ वर्षीय गुडु बर्मालाई गाँजा र प्रयोग गरिएको सवारी साधनसहित नियन्त्रणमा लिएको छ।

Advertisement 2

प्रहरीका अनुसार बरामद गरिएको लागूऔषध, पक्राउ परेका चालक तथा कारलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित :२०८३ असार २२, सोमबार १०:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम