तारा वराललाई कुटपिट गर्ने म्यानपावर व्यवसायी प्रहरी नियन्त्रणमा
सामाजिक अभियन्ता तारा बराल कुटिएकी छिन् । आज दिँउसो म्यानपावरको लाइसेन्स खारेजी र नेपालीलाई वैदेशिक रोजगारमा जान रोक लगाउनुपर्ने माग राख्दै बुद्धनगरस्थित बैदेशिक रोजगार विभागमा पुगेकी बरालका समूहलाई म्यानपावर व्यवसायीले कुटपिट गरेका हुन ।
म्यानपावर व्यवसायीहरुले वराल समूहका पाँच जनामाथि निर्घात कुटपिट गरेको जनाइएको छ ।
Advertisement 1
प्रहरीले बुद्धनगरबाट बरालसहितका कुटिएका ५ जना र एक जना म्यानपावर व्यवसायीलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त तीनकुनेमा राखिएको प्रहरीले जनाएको छ
प्रकाशित :२०७९ फाल्गुन १६, मंगलवार १९:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%