ग्लोबल आइएमई बैंकको एआईरएमएल ह्याकाथन–२०२६ सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ ९एमएल० सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन–२०२६’ शुक्रबारदेखि सुरु गरेको छ।
Advertisement 1
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विशेष समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका हुन्। बैंकले गत वर्ष पहिलोपटक आयोजना गरेको ह्याकाथनको यो दोस्रो संस्करण हो।
बैंकका अनुसार प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गरी आयोजना गरिएको प्रतियोगितामा खुला आवेदनमार्फत छनोट भएका १४ टोली सहभागी छन्।
Advertisement 2
दुई चरणमा सञ्चालन हुने आवासीय प्रतियोगिताको पहिलो चरणमा सहभागीहरूले ३६ घण्टासम्म निरन्तर कोडिङ गर्नेछन् भने दोस्रो चरणमा अनसाइट ह्याकाथन सञ्चालन हुनेछ। प्रतियोगीहरूलाई बैंकले आवासीय सुविधासमेत उपलब्ध गराएको छ।
ह्याकाथनमा सहभागी टोलीहरूले बैंकिङ सेवालाई अझ सुरक्षित, सरल, प्रभावकारी र प्रविधिमैत्री बनाउने एआई तथा एमएलमा आधारित नवीन अवधारणा र समाधान प्रस्तुत गर्नेछन्।
Advertisement 3
उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रेग्मीले ह्याकाथनले डिजिटल बैंकिङमा देखिएका चुनौती समाधान गर्न तथा भविष्यका प्रविधिमैत्री बैंकिङ सेवाको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग व्यावसायिक सहकार्यको अवसरसमेत प्रदान गरिने जानकारी दिए।








