बीमा प्राधिकरणको नीति तथा कार्यक्रम

काठमाडौं। नेपाल बीमा प्राधिकरणले नीति तथा कार्याक्रम पहिलो पटक सार्बजनिक गरेको छ। नीति तथा कार्यक्रममा प्राधिकरणले आगामी आर्थिक वर्षका कार्यक्रम तथा नियामकीय योजनाहरु समावेश गरेको छ।
Advertisement 1
बीमा सञ्जाल फराकिलो पार्नको लागि प्राधिकरणमा हाल कार्यरत जनशक्ति १ सय ५८ जना र बीमा कम्पनीमा वैशाख मसान्तसम्म कार्यरत जनशक्ति १२ हजार १ सय ६२ कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्दै अनुसन्धानमूलक तथा आवश्यकतामा आधारित नवीनतम बीमालेख निर्माण गर्न पहल गर्ने बताएको छ। वैशाख मसान्तसम्म कुल जनसंख्याको ४७.३९ प्रतिशतमा जीवन बीमा पहुँच पुगेको छ भने ५२.६१ प्रतिशत जनसंख्या बीमा पहुँच बाहिर रहेको प्राधिकरणल सार्वजनिक गरेका छ।
मोबाइल एप, टेलिम्याटिक्स, इन्स्योरटेक, सुपरटेक लगायत डिजिटल प्रणाली प्रयोग गरी प्रविधिमैत्री बीमा सेवा प्रदान गर्न अपरिहार्य भएको समितिको बुझाइ छ।
Advertisement 2
बीमकले प्रविधि प्रयोगद्वारा यथाशीघ्र दाबी भुक्तानी गर्दै बीमा क्षेत्रमा पारदर्शिता र जवाफदेहिता कायम गर्न प्राधिकरणले प्रभावकारी बीमा नियमन तथा सुपरीवेक्षण प्रणाली विकास गर्ने योजना गरेको बताएको छ।
चालु आव २०८१/८२ तेस्रो त्रैमाससम्म बीमकहरूको ८ खर्ब ४७ अर्ब १२ करोड लगानी सुरक्षित र प्रभावकारी बनाउँदै बीमकहरूको वित्तीय स्थायित्व, जोखिम व्यवस्थापन तथा बीमित हित संरक्षण गर्न बीमा प्राधिकरणले सक्रिय नियामक निकायको भूमिका निभाउने प्रतिबद्धता गरेको छ।
Advertisement 3
त्यसैगरी प्रतिस्पर्धी विश्वसनीय बीमा प्रणाली विकास एवं विस्तार गरी बीमा क्षेत्रमा थप संस्थागत सुशासन कायम गर्ने लक्ष्य प्राधिकरणको छ। बीमा सेवाको गुणस्तर अभिवृद्धि गरी आधुनिक तथा दिगो बीमा प्रणाली विकास गर्ने उद्देश्य राखेको प्राधिकरण अध्यक्ष शरद ओझाले बताएका छन्।