यी हुन बढुवा सिफारिस भएका ९ कर्मचारी

जिल्ला प्रशासन कार्यालय महोत्तरीले ९ जना कर्मचारीका बढुवा गरेको छ । बढूवा सिफारिस समितिको बैठकले ती कर्मचारीहरुको बढुवा गरेको जनाएको छ । समितिको अनुसार सामान्य प्रशासन समूह राप अन प्रथम श्रेणी नायब सुब्बामा ५ जना,विविध सेवा,राप अन प्रथम श्रेणी, कम्युटर अपरेटरमा ४ जना कर्मचारी बढुवा सिफारिस गरेको हो ।
यसरी बढूवा हुनेमा रविन कुमार सुवेदी,डम्बर कुमार भट्टराई,अनिल कर्ण,दिनेश प्रसाद साह र अजित कुमार मण्डल सामान्य प्रशासन समूह राप अन प्रथम श्रेणी नायब सुब्बा पदका लागि हुन भने विविध सेवा,राप अन प्रथम श्रेणी कम्युटर अपरेटर पदमा जितेन्द्र कुमार यादव,सुमन कुमार झा,मो.मोस्तविक्रम रायन र राजकुमार पासवान छन् ।
Advertisement 1
प्रकाशित :२०७८ जेष्ठ २४, सोमबार ०७:३५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%