एसइईमा उत्कृष्ट छात्रछात्रालाई सम्मान

भोजपुर। भोजपुरमा एसइई परीक्षामा पालिकाभित्र उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ। भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले एसइईमा उत्कृष्ट ल्याउने १ छात्र र १ छात्रालाई नगद ५० हजारसहित सम्मान गरेको हो।

Advertisement 1

गाउँपालिकाको केन्द्र वडा नम्बर ३ मा रहेको अन्नपूर्ण बागधन रणदिवा माध्यमिक विद्यालयबाट उत्कृष्ट हुने छात्र आविष्कार घिमिरे र वडा नम्बर ८ गोगनेमा रहेको विधेश्वर माविकी छात्रा स्नेहा राईलाई गाउँपालिकाले रु ५० हजार र सम्मानपत्र प्रदान गरेको हो।

आविष्कार ३.५४ र स्नेहा ३.३७ जिपिएसहित पालिका प्रथम भएका थिए। पालिकाको आगामी दिनमा अध्ययनमा उनलाई सहयोग हुने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। गाउँपालिकाले विधेश्वरमा मावि गोगनेबाट एसइई परीक्षा उत्तीर्ण गरी एमबिबिएस अध्ययनरत छात्रा सान्गेन्मा साङपाङ राईलाई २ लाख छात्रवृत्ति प्रदान गरेको छ।

Advertisement 2

प्राविधिक विषयमा अध्ययरनत अनुशासित तथा उत्कृष्ट विद्यार्थीहरु पस्लमु शेर्पा, इसा राई र चुडामणि श्रेष्ठलाई नगद रु ५० हजारका दरले छात्रवृत्तिसमेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। यस वर्षका जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाबाट सहभागी भई प्रथम स्थान हासिल गर्ने खेलाडीलाई नगद ५ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ।

प्रकाशित :२०८३ असार ११, बिहीबार १३:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry