शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी। कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम दिइएको छ।
Advertisement 1
५ दिवसीय तालिममा गाउँपालिकाअन्तर्गत आधारभूतदेखि माध्यमिक तहसम्मका ४८ जना शिक्षकरूको सहभागिता थियो। तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका रोस्टर प्रशिक्षकहरू रुपिन्द्र प्रभावी, खेमराज पौडेल र कीर्तिराज ढकालले पावरप्वाइन्ट, एक्सेल, एआई, माइक्रोसफ्ट वर्ड, गुगल एप्लिकेसनहरू, इमेल, इन्टरनेट, महत्त्वपूर्ण शैक्षिक वेबसाइटहरूबारे सहजीकरण गरेका छन्।
शिक्षकरूलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनका लागि तालिम दिइएको गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले बताए। शिक्षकहरूको क्षमता विकास गाउँपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले सिक्ने कुरामा उमेर बाधक नबन्ने बताए।
Advertisement 2
गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र लामिछानेले आजका विद्यार्थीलाई प्रविधियुक्त सिकाइ अनिवार्य रहेको जनाउँदै गाउँपालिकाभित्रका सबै विद्यालयमा आवश्यक प्रविधिको व्यवस्था गरिएको जानकारी गराए। शिक्षक अब प्रविधिमैत्री नबनेका अवस्थामा विद्यार्थीको सिकाइमा नकारात्मक असर पर्ने उनको भनाइ छ।










