फेदाप गाउँपालिकालाई बहरगोरु प्रदान

झापा। यहाँस्थित गोलोक गोवर्धन गौशालाले तेह्रथुमको फेदाप गाउँपालिकालाई त्यहाँ खेती गर्न ९२ हल बहरगोरु सहयोग गरेको छ। गाईबस्तु पाल्ने चलन यहाँ कम हुँदै गएकाले गोरुको अभाव हुँदै गएको छ।
गौशाला सञ्चालक समितिका संस्थापक अध्यक्ष नन्दकिशोर भारद्वाजले भेटनरी चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा अन्य प्रक्रिया पूरा गरी बहरगोरु तेह्रथुम पठाइएको जानकारी दिए।
फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले गोरु अभावका कारण खेती गर्न कठिनाइ व्यहोरिरहेका विपन्न किसान परिवारलाई उच्च प्राथमिकता दिएर बहरगोरु निःशुल्क रुपमा वितरण गरिएको बताए। भिरालो भूवनोटका कारण पहाडमा खेतजोत्न ठूला यान्त्रिक उपकरण प्रयोग गर्न कठिनाइ हुने भएकाले गोरुकै प्रयोग गर्नु बाध्यता छ।
गौशालाका व्यवस्थापकीय प्रमुख विनोद न्यौपानेले विभिन्न जिल्लाका विपन्न किसानलाई सात हजारभन्दा बढी गाई र गोरु निःशुल्क वितरण गरिसकेको जानकारी दिनुभयो। हुर्किएका बहरगोरुलाई संस्थाले बिक्री नगर्ने र विपन्न परिवारलाई निःशुल्क वितरण गर्ने नीति लिएको छ।
एघार वर्षअघि स्थापना भएको उक्त गौशालामा हाल २ हजार ७९९ वटा गाईको संरक्षण भइरहेको छ। छाडा छाडिएका गाईहरु गौशालाले उद्धार गरेर पाल्ने गरेको छ
प्रकाशित :२०८३ असार ९, मंगलवार १२:५५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%







