रमेश लामाको संर्घष :- रसुवाको भेडीगोठदेखि अमेरिकामा नुपेर व्राण्डसम्म

फलामलाई जति जोडसँग बजारिन्छ उति नै त्यहाँबाट राम्रो आकार प्रकार दिन सकिन्छ । उस्तै हो मान्छेको जिन्दगी पनि ।
जस्ले जिन्दगीमा जति ठूलो चोट खाएको हुन्छ,त्यही चोटले उस्को भविष्य दूवोझैं मौलाउन सक्छ ।
बत्ती मुनिको अध्यारोको नियति भोगेर हासिँरहेको बाग्मती प्रदेशको कर्णालीको रुपमा बाँचिरहेको रसुवामा जन्मिएका रमेश लामा विगतका हण्डर ठक्करबाट खारिँदै अहिले विश्वको सम्राज्यशाली मुलुक अमेरिकामा नुपेर ब्राण्ड नामक संस्था खडा गरेर व्यवसाय र सामाजिक काममा उत्तिकै सक्रिय छन् । तर यो उचाईसम्म पुग्दा उनले भोगेका कष्टका पहाडहरु अजंगका छन् ।
अहिलेको आमाछोदिङमा गाउँपालिका ३ मा तीन दशक अघि जन्मिए पिता नुर्पु र आमा पेम्बाको कोखबाट । रसुवाका ५ पालिकामध्ये आमाछोदिङमा सबैभन्दा विकट गाउँपालिका । सावा अक्षर कम र भेडा र बाख्राहरु धेरै गनेर तिनीहरुसँगै वित्यो उनको बालापन । कृषी र पशुपालनथ्यो बाजे बराजुको पेशा । उनले पनि थाम्नुथ्यो पिता पुर्खाको बीँडो । हिँउदमा भेडा बाख्रा बोकेर पुग्दथें डाँडागाउ अनि बर्खामा सान्जेन हिमालतिर उक्लन्थें ।
Advertisement 1
बालापनको उमेर । साथीको लहलहैमा लागेर छिरे काठमाण्डौं । तर सोचे जति प्रिय कहाँ छ र राजधानी ? व्यर्थको दुःख भोगे । न त खाने बस्ने टुंगो, न त साहारा दिने कसैको हात । दुई दिनसम्म बालाजुको टहरामा त्यसैगरी बिते । संयोग तत्कालीन प्रधान सेनापतिको टोली रसुवा जाँदै रहेछ ।उनीहरुकै साहारा लिएर आफ्नै जिल्ला फर्कन सफल भए । ती मनकारी सेनाहरुले लगाउने कपडा किनिदिए । तर घर फर्कन मन लागेन । त्यही बस्नका लागि काम त गर्नुपर्यो । तर के काम गर्ने ? हातमा सिप केही छैन् । त्यो माथि बालक । भौतारिँदै गर्दा धुञ्चेमा अवस्थित आरएल होटलमा भाँडा माझ्ने काम मिल्यो ।
बिहान बेलुका होटलका भाँडा माझ्ने र दिँउसो स्कूल जाने । पढाईमा अब्बल थिँए । जिल्लास्तरीय परीक्षामा म जिल्ला प्रथम भएँ । यो कुरा बुबाको कानमा पर्यो र आफ्नै घर लैजानु भयो । घर फर्किएपछि अध्ययनको गतिमा फेरि ब्रेक लाग्यो । पूरानै भेडा बाख्रा हेर्ने काममा फर्किए । यही बीचमा गाँउमा स्कूल बन्यो । गोल्जुङमा अवस्थित स्कूलमा भर्ना भए र पढाईलाई गति दिँए । फलामे ढोका मानिने एसएलसी पार लगाए ।
उच्च शिक्षा अध्ययन गर्ने अवस्था थिँएन गाउँमा । मनभरी सपना र झोलाभरी भविष्य बोकेर भित्रिए राजधानी । नेपालटारमा अवस्थित एनआर कलेजमा भर्ना भए । घरपेटी थिए बाहलवाला प्रहरी । बुबाआमाले पठाएको पैसा सिद्धिदै गयो । गोजी दुब्लाउँदै गएपछि कामको खोजीमा लाँगे । तर यो पापी काठमाडौं । सोर्स फोर्स नभएको मान्छेलाई कस्ले दिने जागिर ?
पापी पेटको सबाल छ । त्यसमाथि अघि बढाउनु छ अध्ययनको गति । त्यही कारण बेच्न थाले साग । काठमाडांैका रैथाने नेवारहरुले आफ्नो बारीमा लगाएको साग किनेर बालाजुबाट हिड्दै हिड्दै कालिमाटीसम्म पुग्दथें र बेच्दथे । पुन फर्कन्थे कलेजतिर । दैनिकी यसैगरी चल्दथ्यो । यसरी पकेट मनी र कोठाभाडा तिर्ने पैसा जोहो गर्दथें । क्याम्पसमा तिर्न पर्ने फि जुटाँउथें । यही कर्मले नै आज मलाई यहाँसम्म ल्याएको छ ।
पछि आफ्नै जिल्लामा बोर्डिङ स्कुल खोल्ने इच्छा पलायो । जिल्ला फर्किए र सञ्चालन गरें माउन्ट हिम्स इङ्लिस बोडिङ स्कुल । राम्रै चलिरहेकै थियो । त्यो शसस्त्र द्धन्दको समयथ्यो । स्थिती यस्तोथ्यो कि,राती माओवादीहरु सहयोग माग्दै आउँथे । बास र गासँको प्रवन्ध गरिदिनुपर्दथ्यो अनि दिँउसो माओवादीलाई किन सहयोग गरिस सरकारका मान्छेहरु,सेना प्रहरी आउँथे थर्काउथे,पिटद्थे । त्यही समयमा स्कूल सहायक प्रमुखलाई जिम्मा लगाएर हिँडे । बेलायतमा अविस्कारक सम्बन्धी कार्यक्रममा सहभागी भएँ । र जिन्दगीको बाटो नेपालबाट बेलायततिर पुग्यो । लण्डन इन्जिनियरिङ कलेजमा भर्ना भएँ । सरकारी स्कूल त्यसमा पनि रसुवाजस्तो ७८ औं जिल्लाको । त्यहाँ नेपाली घोकेर हुर्किएको विद्यार्थी अग्रेजी माध्यमबाट पढ्नुपर्दा पहिलो र दोश्रो बर्षमा खासै राम्रो गर्न सकिन् । मेहनत दोब्बर पारे तेश्रो बर्ष ९८ प्रतिशत अंक ल्याएर उत्र्तीण भए ।
Advertisement 2
लण्डनको सो कलेजमा अधिकांश उच्च घरानीयाका सन्तानहरु अध्ययन गर्दा रहेछन् । पछि त्यहीँ अध्ययनसँगै व्यवसाय गर्न थाले । दुवईमा कन्ट्रक्सन कम्पनी स्थापना भयो साथीहरुसँग मिलेर । र अन्तराष्ट्रिय लाइसेन्स लिँए । पहिलो बर्ष राम्रै नाफा आर्जन भएको थियो । तर दोस्रो बर्ष साथीहरु साथ छोड्न थालें,व्यवसाय खासै राम्रो हुन सकेन साथीहरुले पनि साथ छोड्न थाले ।
सानोमा बुबाले भनेको सम्झिए,साथी दुई प्रकारका हुन्छन्, पहिलो उखुजस्तो दोश्रो चप्पलजस्तो ।
उखुजस्तो साथी रस आउन्जेल चुस्छन्,रस आउन छोडेपछि साथ छोड्छन् । चप्पलजस्तो साथी, जीवनमा साथ चाहिँ कहिल्यै छोड्दैनन् तर यात्रामा हिलो चाहिँ टाउकैमा पुराइदिन्छन् । मैले पनि साथीहरु भेटं तर दोश्रो लाइनकोजस्तो ।
त्यतिखेर म मात्र २२ बर्षको थिए । साथीहरुबाट पाएको धोखाले अर्काे पाठ सिकायो । पढाइसँगसँगै अब इनोभेसन (नयाँ कुराको खोजी गर्ने ) व्यवसाय तिर लागेँ । यो क्रममा अमेरिकामा एउटा बिजनेस प्रोजेक्टमा हात हाल्न पुगियो । त्यहाँ युनिभर्सिटी अफ ब्रमाण्डमा काम गरेँ । धेरै चिज सिकें । आफूलाई अझैं निर्खाेने मौंका पाँए । यही बीचमा जस्ले मलाई यो अलौकिक दुनिँया देखायो,आमालाई गुमाए क्यान्सरका कारण । पैसा र ठाउँमा हुँदा समेत मैले आफ्नो आमालाई बचाउन सकिन कारण क्यान्सर अन्तिम स्टेजमा पुगिसके रहेछ ।
आमाको मृत्यु पछि मन एकाग्र भयो । शोकमा डुविरहें । त्यही समयमा एउटा प्रण गरें बुवा आमाको नामबाटै अब नौलो व्यवसाय शुरु गर्दछु । बुबा आमा र मेरो पहिलो अक्षरको शब्दबाट नुपेर नामक संस्था स्थपना गरें । स्टारबाट सुरु गरे । धेरै साथीहरुको साथ माया ममताका कारण एक दशकमा नुपेर महलसम्म बन्न सफल भएको छ । अहिले नुपेर व्राण्डसँग ट्राभल एड टुर कम्पनी, होटेल एण्ड रेस्टुरेन्ट, रोयल्टी र क्लोथेज ब्राण्ड रहेको छ । यस्लाई ब्राण्ड बनाउन धेरै कष्ट र हण्डर बेहोरेको छु । विगतमा कमाएको सबै पैसा स्वाहा भयो तर लाईसेन्स पाएको छु । यो मेरो लागि मात्र होइन समग्र रसुवावासीका लागि समेत गौरवको कुरा हो ।
आज नुपेर व्राण्डको शाखा युएस, क्यानडा अस्टिे«लिया, युके, जमर्नी, स्वीजरल्याण्ड र फ्रान्ससम्म फैलिएको छ । हाम्रो व्राण्डले विशुद्ध प्राकृतिक बस्तुहरु विक्री गर्दछ । हाम्रो व्राण्डले जिल्लामा निर्मित हस्त सामाग्रीहरु विना दलाली यसलाई अन्तराष्ट्रिय स्तरमा पुराएका छौं । जस्तो रसुवाबाट आमाले मेरो छोरीको लागि टोपी पठाउनु भएको थियो मैलें त्यसलाई सो गरेँ । ५ बर्ष भित्रमा १६ हजारको माग भयो । रसुवा प्राकृतिक रुपमा धनी छ । तेश्रो पर्यटकीय गन्तव्य क्याञ्जिन भ्याली,लागटाग,गोसाइकुण्ड यही छ । तर नेता र नेतृत्वले ठगेको जिल्ला हो रसुवा । विश्वभर कोरोना महामारी फैलिएको अबस्थामा मैले आफ्नो जिल्लाका लागि सकेको सानो सहयोग गर्दछु भनेर । आफूले खाई नखाई बचाएको डेढ लाख रकम जिल्ला र पालिकामा पठाए । तर त्यसरी पठाएको रकम सदुपयोग भएन । मैले पठाएको रकमले केही जनप्रतिनिधिहरु शयर गर्न निस्किएको समेत देखें भेटे पछि मन कुँडियो ।
Advertisement 3
हुन त पैसाले कस्लाई पो पुगेको छ र ? आखिर मान्छे रित्तो हात आउँछ । जाने रित्तो हात नै हो । मरेर कस्ले नै के लान्छ र ? जीवनको गति हिड्दा हिड्दै कतिखेर ब्रेक लाग्छ,कस्लाई के थाहा ? जो मान्छे पैसा कमाएर त्यसको केही अंश समाजका लागि समाजमा भएका दिन हिनका लागि पनि सोच्दछ त्यो नै अविस्मरणीय बन्दछ । आफ्नो व्यवसायमा आर्जित रकमको कम्तिमा ६ प्रतिशत रकम आफ्नै जिल्लाका लागि खर्चिरहेको छु । पढाइमा उत्कृट तर आर्थिक स्थिती दयनिय भएकाहरुलाई सहयोग गर्ने हेतुले नुपेर एजुकेशन फन्ड खोलेर अध्ययन गर्न चाहनेहरुका लागि अध्ययन गर्ने सक्ने वातावरण बनाउने प्रयाश गरिरहेको छु । बर्ष आमाछोदिङमा गाउँपालिकाबाट १० जनालाई यो फण्डबाट सहयोग गरिएको छ । यस्लाई जिल्ला हुँदै देशैभरका जेहन्दार,अब्बल तर गरिब कोही पनि शिक्षाको पारिलो घामबाट बञ्चित नहुन भन्ने ढंगले सेवा गर्ने धोको छ ।