भोटेकोशी बाढी: पूर्व यातायातले बाढी प्रभावित क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गर्ने

काठमाडौं। पूर्व यातायात व्यवस्थापन प्रालिले रसुवा बाढी प्रभावित क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। प्रालिको आजको बैठकले बाढीबाट पीडितको उद्धार र राहतमा सहयोग पुर्याउन निःशुल्क बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

Advertisement 1

प्रालिका अध्यक्ष सुनिल कुँवरले मुलुकलाई दुःख परेको बेलामा थोरै भए पनि सहज होस् भनी आफ्नो तर्फबाट प्रालिले बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए। उनले विपतमा परेका रसुवा, नुवाकोट र धादिङका नागरिकले जुनसुकै बेला उक्त कम्पनीलाई सम्पर्क गर्न सक्ने बताए। काठमाडौँदेखि मुलुकको पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनलाई विसं २०८० देखि एउटै कम्पनी बनाएर सञ्चालन गरिँदै आएको संस्थामा हाल १०० भन्दा बढी सार्वजनिक बस छन्।

बाढी प्रभावितलाई निःशुल्क सेवा प्राप्त गर्न मोबाइल नम्बर ९८५१०४९६७७, ९८५११५४६०७) र ९८४१४७३७५६ मा सम्पर्क गर्न सकिने उक्त कम्पनीले जनाएको छ।

प्रकाशित :२०८३ भाद्र १६, मंगलवार १६:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry