गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य

पोखरा। गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ।

Advertisement 1

प्रदेश सरकारको सिफारिसमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सोमबार राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेका हन्।

प्रदेशसभा सचिवालयले सोमबार सूचना जारी गर्दै चालु अधिवेशन २०८३ भदौ १५ गते राति १२ः०० बजेदेखि लागू हुनेगरी अन्त्य भएको जनाएको छ।

Advertisement 2

जेठ ११ गते सुरु भएको दशौँ अधिवेशन करिब तीन महिनापछि अन्त्य भएको हो।

बजेट अधिवेशनका रूपमा सुरु भएको यस अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट पारित हुनुका साथै महत्वपूर्ण कानुन निर्माणको काम पनि अघि बढेको थियो।

Advertisement 3

संविधानको धारा १८३ को उपधारा (२) ले प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सक्ने व्यवस्था छ।

सोही संवैधानिक व्यवस्थाअनुसार प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख भट्टले दशौँ अधिवेशन अन्त्य गरेका हन्।

प्रकाशित :२०८३ भाद्र १६, मंगलवार १४:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम