महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ

स्याङ्जा। भूतपूर्व सैनिकका सन्तान बेरोजगार हुन नपरोस् भन्ने उद्देश्यले वालिङमा सिलाइकटाइ तालिमको आयोजना गरिएको छ।
रक्षा विभाग कल्याणकारी शाखा काठमाडौँको आर्थिक सहयोग तथा वालिङ–९ भकुण्डेस्थित जिल्ला सैनिक बोर्ड वालिङको व्यवस्थापनमा उक्त तालिमको आयोजना गरिएको हो।
भूतपूर्व सैनिक तथा सर्वसाधारण गृहिणी महिलालाई लक्षित गरी तीनमहिने र छमहिने सिलाइकटाइसम्बन्धी सीप सिकाउने गरिएको जिल्ला सैनिक बोर्ड वालिङका सेक्रेटरी नरबहादुर पुनले बताए। यहाँबाट सीप सिकेका गृहिणी महिलामध्ये केहीले व्यावसायिक रुपमा सिलाइकटाइ पेसालाई अगाडि बढाएर आम्दानी लिन थालेका छन्।
जिल्ला सैनिक बोर्ड वालिङमा सञ्चालन भएको तालिममा वर्षैभरि ३÷३ महिने र ६÷६ महिने सिलाइकटाइ तालिम तथा कम्प्युटरसम्बन्धी तालिम सञ्चालन हुँदै आएको छ। यसपटक सिलाइकटाइमा २० महिला र कम्प्युटर तालिममा ३० बालबालिका तथा विद्यार्थी सहभागी छन्।
प्रकाशित :२०८३ असार १, सोमबार १५:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%







