२९ जना सहसचिवको सरुवा, (सुचि सहित)

काठमाडौं। सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। जेठ ११ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा तथा कामकाजको जिम्मेवारी तोकेको हो।
Advertisement 1
सरुवा गरिएका सहसचिवमध्ये ६ जना सहसचिवलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै, हालै नियुक्त भएका ४ जना नयाँ सहसचिवमध्ये ३ जनालाई स्थानीय तह (उपमहानगरपालिका र महानगरपालिका ) मा कामकाजका लागि खटाइएको छ भने १ जनालाई भूमि व्यवस्था, सहकारी ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।
यस सरुवामा ३ जना प्रदेशमा पठाइएको, ५ जना भूमि व्यवस्था, सहकारी ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, पनि केहीको हकमा भने यसअघि पनि प्रभावशाली जिम्मेवारीमा रहेका अधिकारी पुनः शक्तिशाली मन्त्रालयमा व्यवस्थापन हुन सफल भएको चर्चा कर्मचारी वृत्तमा सुरु भएको छ।
सुचिः










