सशस्त्र प्रहरीको आफ्नै प्लान्ट स्थापना

कर्मचारीलाई स्वच्छ पानी पिलाउन र खर्च घटाउन सशस्त्र प्रहरी बलले उदारणीय कामको सुरुवात गरेको छ । संगठनका कर्मचारीलाई स्वच्छ पानी खुवाउने उद्देश्यसहित आफ्नै प्लान्ट स्थापना गरेको हो । यससँगै सशस्त्र प्रहरीले मुख्यालयका लागि पानी खरिद नगर्ने भएको छ ।

Advertisement 1

यसअघि प्लास्टिकका बोतल तथा जारमा पानी खरिद गरी आपूर्ति गर्दै आएको थियो । त्यसलाई निरुत्साहित गर्दै पिउनेपानीको गुणस्तरमा शुद्धता एवं विश्वसनीयता र खर्चमा मितव्ययिता कायम गर्ने अभिप्रायले प्रशोधनस्थलको निर्माण गरी प्रयोगमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ । प्रशोधन केन्द्रको सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले मंगलबार उद्घाटन गरेका छन् ।

मुख्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने उद्देश्यले संचालनमा ल्याइएको नवनिर्मित वाटर ट्रिटमेन्ट प्लान्ट विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको शुद्ध पिउने पानी प्रशोधन गर्ने सशस्त्र प्रहरीले जनाएको छ । प्रति घण्टा १५ सय देखि २ हजार लिटरसम्म पानी शुद्ध पार्ने क्षमता रहेको वाटर ट्रिटमेन्ट प्लान्टको मासिक रुपमा दक्ष प्राविधिकबाट जाँच हुने जनाइएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भएरनभएको भनि त्रैमासिक रुपमा उच्चस्तरीय प्रयोगशालामा समेत परिक्षण गराउने व्यवस्था मिलाईएको छ ।

Advertisement 2

मुख्यालय भित्र वाटर डिस्पेन्सर, आवश्यकता अनुसार जार तथा जार सफा गर्ने मेसिनको समेत व्यवस्था गरिएको छ । प्रशोधन केन्द्रको स्थापना भएसँगै सशस्त्र प्रहरीले मुख्यालयमा बाह्य रुपमा पानी खरिद नगर्ने भएको छ । यसअघि सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण इकाईहरुमा प्लाष्टिकजन्य सामानको प्रयोग कम गर्दै लैजाने नीति लिएको छ ।

प्रकाशित :२०८० आश्विन १७, बुधबार ०९:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry