वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजालाई पक्राउ गरेको छ । यही जेठ १३ गते सौराहाबाट र प्रजालाई जेठ १४ गते घरबाटै पक्राउ गरिएको हो ।
Advertisement 1
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार वन्यजन्तु चोरी सिकार गर्न लागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । प्रजाको घरबाट दुई थान भरुवा बन्दुकसमेत बरामद गरिएको तिवारीले जानकारी दिए। हातहतियार खरखजनासम्बन्धी मुद्दाका लागि हतियार जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको छ ।
प्रकाशित :२०८० जेष्ठ १८, बिहीबार १०:१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%