खोलामा ठेकदारको हावी, प्रशासन मौन

लाल बकैया खोला, बालगंगा, दुधौरा र पसाह खोलाको ठेक्का कलैयाको विनोद निर्माण सेवा कम्पनीले पाएसँगै खोलाबाट दर्जनौँ एक्साभेटर, ट्रिपर, ट्रयाक्टर लगाएर नदी दोहन कार्य तीव्र पारेका छन् ।

Advertisement 1

खोलामा सञ्चालन गरेको एक्साभेटरले पाँच फिटभन्दा बढी खोला उत्खनन गरी प्रारम्भिक वातावरणीय परीक्षण (आईई) रिपोर्टको धज्जी उडाइरहेको छ । तर, अनुगमन गर्ने निकाय मौन छ । जितपुर सिमरा उपमहानगरपालिका–१६ का वडाध्यक्ष केदार बजगाईले प्रारम्भिक वातावरणीय परीक्षण (आईई) का अनुसार एक मिटरदेखि डेढ मिटरसम्म उत्खनन गर्न अनुमति दिएको बताए । कतिपय ठाउँमा आईई रिपोर्टभन्दा बढी खनेको पनि पाइएको तर, कारबाही गर्ने अधिकार नगरप्रमुखदेखि प्रमुख जिल्ला अधिकारीसंग भएकाले आफू केही गर्न नसक्ने बताए ।

वन विनाश पनि तीव्र भएको स्थानियको भनाई छ । वन क्षेत्रभित्र सवारी साधन गुडाउने सिमा निर्धारण गरिएको भएपनि खोलामा आएको ट्रिपर, ट्याक्टरले आफू खुसी कुदाउदा वन मासिँदै गएको स्थानीय बताउँछन् ।

प्रकाशित :२०७८ जेष्ठ २१, शुक्रबार १०:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry