धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

काभ्रेपलाञ्चोक। आजदेखि धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु भएको छ। अस्पतालले बिमाबापत रु ८ करोड प्राप्त गरेको छ।
Advertisement 1
अस्पतालले बोर्डबाट सेवा प्रदान गरेबापत पाउनुपर्ने भुक्तानी रोकिएपछि गत असार १५ गतेदेखि स्वास्थ्य–बिमा सेवा पूर्णतः स्थगित थियो।
स्वास्थ्य बिमा बोर्डसँगको समन्वयमा बीमितका लागि बहिरङ्ग (ओपीडी) सेवामार्फत बिमा सेवा सुरु गरिएको अस्पतालले जनाएको छ। ओपिडीबाहेकका अन्य सेवा भने तत्काल बिमाअन्तर्गत सञ्चालन नहुने अस्पताल प्रशासनले जनाएको हो।
Advertisement 2
सेवा लिन आउने बिरामीले स्वास्थ्य–बिमा परिचयपत्र तथा अन्य आवश्यक कागजातसहित तोकिएको प्रक्रिया पूरा गर्नुपर्छ। बीमितले अस्पताल आउनुअघि पायक पर्ने प्रथम सेवा विन्दुबाट आवश्यक प्रेषण लिनुपर्ने छ।
स्वास्थ्य–बिमा सेवा आइतबार तथा सार्वजनिक बिदाका दिन सञ्चालन हुनेछैन।
प्रकाशित :२०८३ भाद्र १, सोमबार १५:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








