१० महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन

बागमती। आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब रु छ अर्ब राजस्व सङ्कलन गरेको छ।

Advertisement 1

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१/८२ को तुलनामा रु ३४ करोड २१ लाख २४ हजार बढीअर्थात् रु पाँच अर्ब ९२ करोड ६४ लाख राजस्व सङ्कलन भएको छ।

चालु आवको वैशाखसम्ममा अन्तशुल्कतर्फ रु ३ अर्ब ४५ करोड ६२ लाख ६५ हजार, आयकरतर्फ रु १ अर्ब २ करोड ४ लाख ९६ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ८२ करोड ७१ लाख ५२ हजार, स्वास्थ्य जोखिम करतर्फ रु ५१ करोड ९२ लाख ५९ हजार, ब्याजकरतर्फ रु ६ करोड ८३ लाख ७७ हजार र बहालकरतर्फ रु १ करोड ५९ लाख ८८ हजार राजस्व सङ्कलन भएको छ।

Advertisement 2

प्रमुख सुवेदीका अनुसार चालु आवमा रु ८ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ।

करदाताहरुको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेदा गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियान सञ्चालन गरी करिब रु १० करोडभन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख सुवेदीले बताए।

प्रकाशित :२०८३ जेष्ठ ४, सोमबार १०:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry