आरआरमा अनेरास्ववियुको कायरता : क्याम्पस प्रशासनदेखि निर्वाचन अधिकृतसम्म आफ्नै निकट, तर चुनाव स्थगित

सन्तोष भुसाल, काठमाडौं। रत्नराज्यलक्ष्मी (आरआर) कलेजमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव स्थगित गराएको छ। मंगलबारका लागि तय गरिएको निर्वाचनमा हार्ने आंकलनसहित अनेरास्ववियुले सोमबार रातिदेखि नै क्याम्पसमा ताला लगाएको हो।

Advertisement 1

आरआर क्याम्पसमा सधैं एमाले निकट विद्यार्थी संगठनले जित्दै आएको र सधैं जित्ने दाबी सोही विद्यार्थी संगठनले गर्दै आएको छ। तर, स्वतन्त्र रुपमा चुनाव गराउन भने डराउने गरेको छ। आफूले जित्ने निश्चित नभई अनेरास्ववियुले चुनाव गराउनै नदिने गरेको यहाँका अन्य विद्यार्थी संगठनको आरोप छ।

आज (मंगलबार)का लागि तय गरिएको चुनाका लागि पनि अनेरास्ववियुले निर्वाचन अधिकृतदेखि क्याम्पस प्रशासन सबै आफूअनुकुल मिलाउँदा पनि हार्ने डरले सोमबार रातिदेखि नै ताला लाएर चुनाव स्थागित गराउन खोजेको छ। साथै एक सूचना जारी गरेर चुनाव स्थगित गरिएको जानकारी पनि क्याम्पस प्रशासनले दिएको छ।

Advertisement 2

क्याम्पस प्रशासन नै कब्जामा भए पनि हार्ने डरले स्वतन्त्र रुपमा चुनावमा सहभागी नभएको भन्दै अन्य विद्यार्थी संगठनका नेताले अनेरास्ववियुको चर्को आलोचना गरेका छन्। अनेरास्ववियु क्रान्तिकारीका नेतासमेत रहिसकेका नरेश रेग्मीले सम्पूर्ण प्रशासन आफ्नै हातमा हुँदा पनि अनेरास्ववियुले हार्ने डरले ताला लगाएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।

क्याम्पस प्रशासनले तालाबन्दी भएकाले प्रतिकूल अवस्था सिर्जना भएकाले चुनाव स्थगित गराइएको बताएको छ।                              

Advertisement 3

अनेरास्ववियुले नक्कली विद्यार्थी भर्ना गरेको भन्दै ताला लगाएको बहाना गरेको छ। सोहीप्रति कटाक्ष गर्दै रेग्मीले नक्कली विद्यार्थी भर्नाको बहाना बनाउन लाज लाग्नुपर्ने उल्लेख गरेका छन्।

‘क्याम्पस चिफ एमाले निकट, प्रशासकीय अधिकृत एमाले निकट, कर्मचारीको प्यानल नै एमाले निकट, प्राध्यापक संघ पुरै एमाले निकट, निर्वाचन अधिकृत एमाले निकट, विद्यार्थी कल्याण कोषको प्रमुख एमाले निकट, आइडी कार्ड बनाउने शाखाको मुख्य जिम्मेवार मान्छे एमाले निकट, कार्ड छपाई गर्ने ठेकेदार एमाले निकट। सरकार एमालेको, सत्ता एमालेको। ताला चाबी सब आफ्नो हातमा हुँदा समेत नक्कली भर्ना चाहिँ अर्को विद्यार्थी संगठनले गर्यो भन्न लाज लाग्नु पर्ने होइन र?’ रेग्मीले लेखेका छन्।

त्यस्तै नेविसंघका नेता अशोक सिंह बिस्टले अनेरास्ववियुले यसअघि पनि हार्ने डरले आरआरमा चुनाव स्थगित गराएको स्मरण गरेका छन्।

प्रकाशित :२०८१ चैत्र ५, मंगलवार ११:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry