८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न ८ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ।

Advertisement 1

उपकुलपति छनोट तथा सिफारिस समितिले शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको हो।

यही वैशाख २४ गते स्वीकृत भएको ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम दरखास्त आह्वान गरेको सूचनामा उल्लेख छ ।

Advertisement 2

इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रथमपटक प्रकाशित भएको मितिले १० दिनभित्र मन्त्रालयको वेबसाइटमा उपलब्ध लिंकमार्फत दरखास्त दिन सक्ने जनाइएको छ ।

सम्बन्धित कार्यविधिसमेत मन्त्रालयको वेबसाइटमा राखिएको मन्त्रालयले जनाएको छ ।

Advertisement 3

प्रकाशित :२०८३ बैशाख २५, शुक्रबार ११:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry