काठमाडौं महानगरमातहतका कार्यालयमा आज बिदा

काठमाडौं। काठमाडौं महानगरपालिकाले पूर्वमेयर पिएल सिंहको निधनमा आज शोक बिदा दिएको छ। उनको ८७ वर्षका उमेरमा उपचारका क्रममा आज विहान निधन भएको थियो।

Advertisement 1

कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्वमेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिए।

२०५२ साल मङ्सिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो।

Advertisement 2

रासस

प्रकाशित :२०८१ पुष १, सोमबार १३:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry