नबिलः जनताको भरपर्दो बैंक !

काठमाडौं। नबिल नेपाल राष्ट्र बैंकबाट ’क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक हो। बैंकको स्थापना वि. सं. २०४१ भएको थियो। निजी बैंक भएता पनि यस बैंकले आफ्नो व्यावसाय नेपालभरि लगभग १५०० ठाउँमा विस्तार गरिसकेको छ।
Advertisement 1
नबिल बैँक राष्ट्रको पहिलो निजी बैँक हो यसको मुख्यालय काठमाडौंको दरबारमार्ग छ। स्थापनाकालदेखि नै जनतामाझ लोकप्रीय बन्न सफल बैंकले नेपालमै पहिलो पटक NBank (Neo Bank) सुरु गरेको थियो।
नबिल बैंकले आफूलाई कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा रूपान्तरण गरिसकेको छ। NBank सुरु गरेर नबिलले डिजिटल बैंकिङमा नेतृत्व लिने पहिलो बैंक बन्यो, जसले मोबाइल बैंकिङ एपलाई पूर्ण रूपमा परिमार्जन गरेको थियो।
Advertisement 2
बैंकिङ व्यवहारमा परिवर्तन ल्याउन र दिगो बैंकिङमा महत्वपूर्ण योगदान गर्न बैंक सदैव अग्रसर रहेको बैंकले जनाएको छ।
बैंकले बैंकिङ क्षेत्रमा ‘परिवर्तन’ को नेतृत्व गर्ने र गर्दै दाबी गर्दै आएको छ। बैंकले हाल विभिन्न सेवा दिँदै आएको छ। नबिल बचत खाता (साधारण बचत खाता), नबिल नारी बचत – महिलाहरूका लागि विशेष योजना,मुद्दती खाता – आकर्षक तथा उच्च ब्याजदर सहित, नबिल धन वृद्धि तथा बाल बचत योजनाहरू, वास कर्जा, सवारी साधन कर्जा,शैक्षिक कर्जा, साना तथा मझौला व्यवसाय कर्जा डिजिटल बैंकिङ, अनलाइन खाता खोल्ने सेवा ः घरमै बसेर भिडियो केवाईसी (Video KYC) मार्फत सजिलै खाता खोल्न सकिने, कार्ड सुविधाः क्रेडिट कार्ड, डेबिट कार्ड तथा डलर कार्ड उपलब्धहरू उपलब्ध रहेका छन्। बैंकले हालका वर्षहरूमा दिगो विकासमा बैंकिङको भूमिकालाई जोड दिँदै वातावरण संरक्षण, हरित प्रविधिमा लगानी र सामाजिक–आर्थिक विकासलाई प्रवद्र्धन गर्ने परियोजनाहरूमा ध्यान केन्द्रित गरेको छ।
Advertisement 3
गत पुसमा नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको थियो। विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायकको रूपमा सम्मान प्रदान गरिएको थियो ।
४ दशकभन्दा बढी समयदेखि नबिल बैंकले वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन तथा प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानीमार्फत नेपालको बैंकिङ क्षेत्रको नेतृत्व गर्दै आएको छ ।
णस्तरीय वित्तीय सेवामा पहुँच विस्तार, देशव्यापी डिजिटल बैंकिङ सेवा, उद्यमशीलता तथा रोजगारी प्रबद्र्धन र राष्ट्रिय राजस्वमा उल्लेखनीय योगदान नबिल बैंकका प्रमुख उपलब्धिहरू रहेका छन् ।
नबिलले व्यक्तिगत बैंकिङ, कर्पोरेट बैंकिङ, रेमिट्यान्स, व्यापार वित्त र ट्रेजरी सेवाहरूका साथै मोबाइल र इन्टरनेट बैंकिङ जस्ता डिजिटल माध्यमहरू मार्फत बैंकिङ सेवाहरू प्रदान गर्दछ।
ऊर्जा तथा पूर्वाधार विकासमा नबिल बैंक राष्ट्रिय अर्थतन्त्रको उत्प्रेरक रहँदै आएको छ । सन् १९९८ मा जलविद्युत् क्षेत्रमा लगानी गर्ने पहिलो वाणिज्य बैंक बनेको नबिलले ऊर्जा क्षेत्रमा करिब ७५ अर्ब प्रतिबद्धता गर्दै ३,१०० मेगावाटभन्दा बढी ऊर्जा परियोजनामा वित्तीय सहयोग गरेको छ।
जलविद्युत्, सौर्य ऊर्जा, नवीकरणीय ऊर्जा, विद्युतीय सवारी, राष्ट्रिय गौरवका आयोजनामा कन्सोर्टियम वित्तपोषणमार्फत बैंकले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ। राष्ट्रिय राजस्वमा बलियो योगदान पु¥याउँदै नबिल बैंक वित्तीय क्षेत्रकै आठ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भइसकेको छ।
बैंकले प्रविधिलाई उच्च प्राथमिकता दिँदै ‘नबिल डिजि बैंक’ जस्ता अवधारणाहरू ल्याएको छ, जसले ग्राहकहरूलाई समय र स्थानको सुविधा अनुसार बैंकिङ सेवा उपभोग गर्न सक्षम बनाउने दाबी गरेको छ। यति मात्र नभएर बैंकले साइबर सेक्युरिटी र प्रोजेक्ट फाइनान्समा उत्कृष्ट र पारदर्शिताको लागि लागि ICAN बाट गोल्ड अवार्ड प्राप्त गरेको थियो।
सफलता, नवीनता र ग्राहक–केन्द्रित सेवाको पर्यायवाची बनेको छ। नेपालमा क्रेडिट कार्ड, एटीएम जस्ता आधुनिक बैंकिङ उत्पादनहरू भित्र्याएर यसले वित्तीय क्षेत्रलाई बैंकले नयाँ दिशा दिएको छ।
नेपाल बंगलादेश बैंकसँगको नबील मर्ज भएको थियो। नबिल बैंक आज पनि डिजिटल बैंकिङ र दिगो विकासमा आफ्नो ध्यान केन्द्रित गर्दै नेपाली अर्थतन्त्रलाई गतिशील बनाउन निरन्तर लागिरहेको छ।












