तपाईको स्थानीय तहले कति पाए बजेट (हेर्नुहोस,सूचीसहित)
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि देशका सातवटै प्रदेशलाई १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहलाई २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरणका लागि विनियोजन गरेको छ ।
Advertisement 1
अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको छ । वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा सो बजेट छुट्याइएको हो ।
७५३ स्थानीय तहमध्ये महानगरपालिकाहरुमा १० अर्ब ९ करोड, उपमहानगरपालिकामा ९ अर्ब ७६ करोड, नगरपालिकामा १ खर्ब २३ अर्ब ९६ करोड र गाउँपालिकामा १ खर्ब ३९ अर्ब १९ करोड रुपैयाँ हस्तान्तरण भएको छ ।
Advertisement 2
सरकारले शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको थियो ।
प्रकाशित :२०७८ जेष्ठ १६, आईतवार १५:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%