शनिबार–आइतबार बिदा सम्बन्धि निर्णय राजपत्रमा प्रकाशित

काठमाडौं। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय राजपत्रमा प्रकाशित गरिसकेको छ।
Advertisement 1
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त व्यवस्था २०८२ साल चैत २३ गते सोमबारदेखि लागू हुने गरी निर्णय गरिएको हो। सोअनुसार सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिइनेछ।
शैक्षिक संस्थाबाहेकका कार्यालय तथा निकायहरूको हकमा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गरिने उल्लेख गरिएको छ।
Advertisement 2
तर कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गर्ने निर्णय गरेकोसमेत जनाइएको छ ।
यसअघि मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि अब राजपत्रमार्फत औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
Advertisement 3

















