सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ। सुन तोलामा रु ५ हजारले र चाँदी रु ५० ले बढेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ७२० कायम भएको छ।

गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ८१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४ हजार ६७० कायम भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार १७० र त्यति नै परिमाणको चाँदी ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ चैत्र १५, आईतवार ११:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry