समाजसेवी न्यौपाने मृतावस्थामा फेला

झापा। दमकका युवा व्यवसायी तथा सामाजिक अगुवा रुपनारायण न्यौपाने मृत भेटिएका छन्। पचास वर्षीय न्यौपानेको आज बिहान गौरीगञ्ज गाउँपालिका–१ स्थित कुन्जीबारीमा शव भेटिएको हो। दमकदेखि करिब ३० किलोमिटर दक्षिण कुन्जीबारीमा हिजोखेती हेर्न जानुभएका उहाँ मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

Advertisement 1

जिल्ला प्रहरी कार्यालयले शवको कानुनी मचुल्का उठाएर शव परीक्षणका लागि परिवारलाई जिम्मा दिएको जनाइएको छ। दमकमा लामो समयदेखि व्यावसायिक क्षेत्रमा क्रियाशील न्यौपाने सहकारीकर्मी र सामाजिक कार्यमा सक्रिय थीए।

कमलस्थित कमलनगर जेसीजका संस्थापक अध्यक्ष न्यौपाने दमकमा ईलेक्ट्रोनिक व्यवसाय सञ्चालन गदै आएका थिए। स्व न्यौपानेका श्रीमती र दुई छोराका साथ दमक ६ स्थित देवकोटा चौकमा बस्दैआएका थिए।

प्रकाशित :२०८२ चैत्र ५, बिहीबार १६:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry