मन्त्रिपरिषद्ले पारित गर्‍यो १६ खर्बको बजेट,अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस

 

Advertisement 1

मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बजेट अध्यादेश सिफारिस गरेको छ । शनिबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेटलाई स्वीकृति दिएको हो । मन्त्रिपरिषद्को बैठकले आज झण्डै १६ खर्ब रुपैयाँको बजेट पारित गरेको एक मन्त्रीले जानकारी दिएका छन्। मन्त्रिपरिषद्‍बाट पारित बजेट राष्ट्रपति कार्यालय पठाइएको उनले बताए। बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको छ ।

संसद् भंग गरिएको संकटपूर्ण घडीमा अध्यादेशबाट बजेट ल्याउन नहुने भनेर विपक्षी दललगायत विभिन्न पक्षबाट खबरदारी भइरहेका बेला सरकारले आज ४ बजेट सार्वजनिक गर्दैछ।

Advertisement 2

राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।
प्रतिनिधिसभा विघटनपछि अध्यादेशमार्फत् सरकारले बजेट सार्वजनिक गर्न लागेको हो । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अध्यादेशबाट बजेट ल्याउन लागिएको छ ।

प्रकाशित :२०७८ जेष्ठ १५, शनिबार १४:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry