स्रोत नखुलेको नगदसहित २ जना पक्राउ

काठमाडौं। काठमाडौँ महानगरपालिका–१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको रु १० लाख ६३ हजार ८४० सहित २ जना पक्राउ परेका छन्। काठमाडौँ कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका २७ वर्षीय दिपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
Advertisement 1
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बाप्र ०२–५२ प ६९९४ नम्बरको स्कुटरमा सवार निजहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
–––
प्रकाशित :२०८२ चैत्र १, आईतवार १४:१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













