मकैबारीमा मृत गैँडा भेटियो

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैँडा मृत फेला परेको छ।

Advertisement 1

स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैँडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले राससलाई बताए।

उनका अनुसार वयस्क गैँडा मरेको हो। खाग र खुर सुरक्षित राखिएको छ। शरीरमा चोटपटक नदेखिएकाले गैँडाको मृत्युको कारण खुल्न सकेको छैन। यस सम्बन्धमा अनुसन्धान भइरहेको छ।

प्रकाशित :२०८३ जेष्ठ १, शुक्रबार १३:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry