स्वास्थ्य बिमा बोर्डका कर्मचारी आन्दोलित

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत शोभित रिजालको काज फिर्ताको माग गर्दै स्वास्थ्य बिमा बोर्डका कर्मचारी आन्दोलित बनेका छन्।

Advertisement 1

मन्त्रालयबाट काजमा बोर्डमा खटाइएका रिजालले बोर्डमा करारका कर्मचारीमाथि दुव्र्यवहार गर्दै आएकाले उनको काज मन्त्रालयमै फिर्ता हुनुपर्ने माग कर्मचारीले गरेका छन्।

कर्मचारीले बोर्डका कार्यकारी निर्देशकाई सम्बोधन गर्दै यही साउन ३ गते रिजालको काज फिर्तालगायत माग राखेका थिए। १५ दिनभित्र माग सुनुवाइ नभए आन्दोलनमा उत्रने चेतावनी कार्यकारी निर्देशकलाई लेखिएको पत्रमार्फत दिइएको थियो। सोमाथि सुनुवाइ नभएको भन्दै शुक्रबारदेखि बोर्डका अधिकांश कर्मचारी आन्दोलित बनेका छन्।

प्रकाशित :२०८१ श्रावण २०, आईतवार १०:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry