विद्युतिय खरिद प्रणाली (E-GP) सम्बन्धी सवालहरु

सार्वजनिक खरिद सम्बन्धमा अध्ययन अनुसन्धान र प्रशिक्षण कार्यमा संलग्न भैरहने भएकाले विभिन्न सार्वजनिक निकाय र कर्मचारी साथीहरुवाट विभिन्न जिज्ञासाहरु आउनुलाई स्वभाविक नै मान्ने गरेको छु।ति विभिन्न जिज्ञासाका उत्तरहरु दिनुपर्ने बाध्यताहरु भइरहँदा कतिपय बेलामा कानुनी प्रावधानहरुसँगको निकटता पनि खोजिनु स्वभाविक नै हुन जान्छ यसको निराकरण सार्वजनिक खरिद कानूनले गरेका प्रावधानहरु मुल हुँदा हुँदैपनि कतिपय अवस्थामा ति प्रावधानहरु अधुरा हुने हुँदा अन्य सन्दर्भहरु जस्तो विभिन्नसमयमा कार्यालयका तर्फवाट प्रदान गरीएका राय परामर्शहरु, अन्य निर्देशिका र कार्यविधिहरु तथा अद्यावधिक गरिएका नमुना बोलपत्र वा प्रस्ताव सम्वन्धी कागजातहरुमा उल्लेखित प्रावधानहरुका सकारात्मक व्याख्या गरी जिज्ञासा मेटाउने गरीएकोमा पछिल्लो समयमा कार्यलयले निरन्तर सोधिने प्रश्नहरु (एफएक्यू) सरल र संक्षिप्तरुपमा प्रकाशनमा ल्याएको छ सोही आधारमा बिषयगतरुपमा पाठकसामु प्रस्तुत गर्ने क्रममा यस खण्डमा बिधुतिय बोलपत्र (e-GP) का सम्बन्धमा आउने प्रश्नहरुलाई प्रमुख सवाल बनाई प्रस्तुत गरिएको छ ।

Advertisement 1

बिधुतिय बोलपत्र (e-GP)

नेपालको सार्वजनिक खरिद कार्यलाई खुला, पारदर्शी र बैज्ञानिक बनाई प्रतिस्पर्धि वातावरण सुदृढ गर्न सबै बोलपत्रदाताहरुको खरिद प्रकृयामा समान अवसर स्थापित गर्नका लागी विधुतिय माध्यमबाट बोलपत्र पेश गर्ने र खरिद प्रकियालाई सरल र सहज बनाउन तयार गरीएको अनलाइनमा आधारित प्रणालीलाई बिधुतिय बोलपत्र अर्थात Electronic Government Procurement System (e-GP) भनिन्छ यसलाई सरल भाषामा e- bidding पनि भनिन्छ।सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६९ तथा यसको लागी सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४६ बमोजिम यसलाई लागु गरीएको छ । नेपाल सरकारले सार्वजनिक खरिद नियमावली, २०६४ को उपनियम १४६(१) बमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयले स्थापना गरेको विद्युतीय प्रणाली सर्वप्रथम संवत् २०७४ साल साउन १ गते देखि संचालनमा ल्याएको यो प्रणाली संचालनका लागी हाल बिधुतिय खरिद प्रणाली संचालन निर्देशिका, २०८० बमोजिम संचालन भइरहेको छ ।

Advertisement 2

 

उल्लेखित बिधुतिय बोलपत्र (e-GP) सँग सम्वन्धित प्रश्नहरु र तिनका सहि उत्तर जस्ताको तस्तै प्रस्तुत गरीएको छ :

Advertisement 3

 

 सार्वजनिक निकायले विद्युतीय खरिद प्रणालीको Account कसरी बनाउने ? :

  • विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०८० को दफा १५ बमोजिम सार्वजनिक निकाय दर्ता गर्न उक्त निर्देशिकाको अनुसूची १ बमोजिम फाराम भरी सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाउनु पर्नेछ ।
  • सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायलाई bolpatra.gov.np मा दर्ता गरी उक्त निकायको तोकिएको व्यवस्थापक Admin को इमेल आईडीमा Registration Link पठाई दिन्छ ।
  • उक्त लिंक प्राप्त भएपछि Activate bolpatra वा दिइएको रजिष्ट्रेशन लिंकमा Click गरी Admin को नाम, पद, युजरनेम, पासवर्ड लगायतका विवरण भरी पठाउनु पर्नेछ ।
  • सार्वजनिक निकायबाट Admin को अनुरोधको विवरण भरी आएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त प्रयोगकर्तालाई स्वीकृति प्रदान गर्ने गर्दछ ।

विद्युतीय खरिद प्रणालीमा कति वटा युजर बनाउन सकिन्छ ?

  • खरिदमा संलग्न हुने सबैको प्रयोगकर्ता खाता (User account) प्रणालीमा बनाउन सकिन्छ ।
  • सामान्यतया खरिद कार्यको लागि बोलपत्र कागजात बनाउने, समीक्षा गर्ने तथा स्वीकृत गर्ने कार्यमा संलग्न व्यक्तिहरुको प्रयोगकर्ता खाता बनाउनु पर्ने हुन्छ ।
  • प्रयोगकर्ता खाता बनाउँदा जिम्मेवारी अनुसार creator, reviewer र approver को विवरण भरी भूमिका दिनु पर्नेछ ।

विद्युतीय खरिद प्रणालीमा के कस्ता संस्था दर्ता भएर खरिद गर्न सक्छन् ?

  • सार्वजनिक खरिद ऐन, २०६३ को दफा २ को खण्ड (ख) मा सार्वजनिक निकायको रुपमा परिभाषित सबै निकायहरु प्रणालीमा दर्ता हुन सक्छन् ।

सार्वजनिक निकायका प्रयोगकर्ता सरुवा वा अवकाश भएमा प्रणालीको प्रयोगकर्ता के गर्न ?

  • सरुवा वा अवकाश भएमा Admin बाट ती प्रयोगकर्ताहरु Block गर्नु पर्छ ।
  • प्रयोगकर्ता Block गर्नु अघि ती प्रयोगकर्ताहरुमा रहेका Pending Task अन्य प्रयोगकर्तालाई Delegate गर्नु पर्नेछ ।

प्रयोगकर्ताको युजरनेम तथा पासवर्ड विर्सेमा के गर्ने ?

  • युजरनेम विर्सेमा Admin ले User Management को Access Control मा गई उक्त प्रयोगकर्ताको युजरनेम हेर्न सकिन्छ अथवा Forgot Credentials मा गई Forgot Username मा Email राखी युजरनेम प्राप्त गर्न सकिन्छ ।
  • पासवर्ड विर्सेमा Forgot Credentials मा गई Forgot Password मा गई युजरनेम र इमेल राखी submit गरेपछि इमेलमा प्राप्त One Time Password लाई Change Password मा गई Old password को ठाउँमा राखी नयाँ Password Reset गर्न सकिन्छ।

सार्वजनिक निकायको नाम तथा ठेगाना परिवर्तन गर्न के गर्ने ?

  • सार्वजनिक निकायको Admin ले Admin ->Public Entity->Update मा गई सार्वजनिक निकायको नाम, ठेगाना तथा अन्य विवरणहरु सच्याउन सकिन्छ ।

सार्वजनिक निकायको Admin प्रयोगकर्ताको विवरण परिवर्तन गर्न के गर्न ?

  • Admin को विवरण परिवर्तन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गरी विवरण सच्याउन सकिन्छ ।

प्रणालीमा वार्षिक खरिद योजना कति पटक संशोधन गर्न सकिन्छ ?

  • कार्यालयको आवश्यक्ता अनुसार वार्षिक खरिद योजना संशोधन गर्न सकिन्छ ।
  • संशोधनका क्रममा बोलपत्र कागजात तयार नभएको अवस्थामा खरिद योजनाबाट प्रोजेक्ट थपघट गर्न सकिन्छ ।
  • वार्षिक खरिद योजना Revision गर्न Annual Procurement Plan->Revise->Estimate मा जानु पर्छ ।

प्रणालीमा गुरु योजना कसरी स्वीकृत हुन्छ ?

  • गुरु योजना Master Procurement Plan विशिष्ट श्रेणीको कार्यालय प्रमुखबाट स्वीकृत गर्न सकिन्छ ।
  • विशिष्ट श्रेणीको कार्यालय प्रमुख नभएको अवस्था एक तह माथि स्वीकृतिको लागि पठाउन सार्वजनिक निकायको Parent Entity समेत दर्ता भएको र Public Entity को Details मा Parent Entity खुलाइएको हुनु पर्दछ ।

बोलपत्र कागजात बनाउन Online वा uploadable कुन Template प्रयोग गर्ने ?

  • सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी नमुना बोलपत्र कागजातहरुको हकमा Online Template प्रयोग गर्ने । तर नमुना बोलपत्र कागजातमा संशोधन भई प्रणालीमा अद्यावधिक नभईसकेको अवस्थामा Uploadable प्रयोग गर्न सकिने ।
  • दातृ निकायको नमुना बोलपत्र कागजात प्रयोग गर्नु परेमा Uploadable प्रयोग गर्ने ।

प्रणालीमा बोलपत्र प्रकाशित भई नसेकेको तर Approver बाट स्वीकृत भएपछि त्रुटि सच्याउन सकिन्छ कि सकिन्न ?

  • Approver बाट स्वीकृत भएपछि बोलपत्र सच्याउन Bid Addendum बाट मात्र सकिन्छ ।
  • Bid Addendum गर्न बोलपत्र प्रणालीमा प्रकाशित भईसकेको हुनुपर्छ ।

बोलपत्र पेश गर्ने अन्तिम समयसीमा अगावै प्रणालीमा बोलपत्र रद्द गर्न के गर्ने ?

  • बोलपत्र पेश गर्ने अन्तिम समयसीमा अगावै प्रणालीमा बोलपत्र रद्द गर्न Approver ले Procurement Preparation -> Procurement Document -> Cancel मा गई Comment मा कारण खुलाइ बोलपत्र रद्द गर्न सकिन्छ ।

बोलपत्र खोल्न बोलपत्रदाताहरु कार्यालयमा उपस्थित हुनु पर्छ कि पर्दैन ?

  • बोलपत्रदाताहरुको अनुपस्थितिमा पनि कार्यालयले प्रणालीमा बोलपत्र खोल्न सकिन्छ । बोलपत्र खोलेपछि प्रणालीमा रहेको Notify to Bidder मा Click गरी तत्काल जानकारी गराउन सकिन्छ ।

बोलपत्र खोलेको मुचुल्का बोलपत्रदातालाई दिनु पर्छ कि पर्दैन ?

  • मुचुल्का प्रणालीमा अपलोड भई कार्यालय प्रमुखबाट मुचुल्का हेरी बोलपत्र मुल्याङ्कनको लागि पठाएपछि मुचुल्का बोलपत्रदातालाई इमेलमा जान्छ ।
  • कुनै बाोलपत्रदाताले मुचुल्काको प्रतिलिपि माग गरेमा कार्यालयबाट पनि मुचुल्का उपलब्ध गराउन सकिन्छ ।

बोलपत्रदाताले पेश गरेको बैक ग्यारेन्टी र बोलपत्र कागजातको दस्तुर तिरेको भौचर प्रमाणिकरण कसले गर्ने ?

  • बै‌क ग्यारेन्टी र बोलपत्र कागजातको दस्तुर तिरेको भौचर लाई Banking Instrument भनिन्छ, यसको प्रमाणिकरण बैंकको मेकर र चेकरले गर्छ ।
  • मेकर र चेकरले उक्त Instrument बैंकबाट जारी भएको वा नभएको मात्रै प्रमाणिकरण गर्छ ।
  • Banking Instrument को मुल्याङ्कन मुल्याङ्कन समितिबाट Verify Bank Instrument बाट गर्न सकिन्छ ।

बैङ्कबाट Banking Instrument प्रमाणिकरण गर्दा त्रुटि भएमा वा अन्य बैंकको कागजात भएको जनाएमा के गर्ने ?

  • Banking Instrument को मुल्याङ्कन समितिबाट Verify Bank Instrument मा पुन Approved वा Reject गर्न सकिन्छ ।
  • मुल्याङ्कन समितिबाट Approved वा Reject गर्दा बैंकसित समन्वय गर्नु पर्छ ।

बोलपत्र मुल्याङ्कनमा वाह्य निकायबाट विज्ञ बोलाउनु परे के गर्ने ?

  • मुल्यांङ्कन समिति बनाउँदा विज्ञलाई आमन्त्रण गर्नु परेमा Evaluation Committee अपडेट गरेर नयाँ प्रयोगकर्ता थप्न सकिन्छ ।

बोलपत्र मुल्याङ्कनको क्रममा प्रणालीबाटै स्पष्टीकरण सोध्न सकिन्छ कि सकिन्न ?

  • Online Template मा बनेको बोलपत्रमा मुल्याङ्कन गर्दा प्रणालीबाटै Clarification सोध्न सकिन्छ ।
  • अनलाईन Clarification सोधिएमा बोलपत्रदाताले समेत अनलाईन Clarification पेश गर्नु पर्ने हुन्छ ।

प्रणालीबाट बन्ने मुल्याङ्कन प्रतिवेदनमा सच्याउन सकिन्छ कि सकिन्न ?

  • प्रणालीबाट बन्ने मुल्याङ्कन प्रतिवेदन सच्याउन आवश्यक भएमा मुल्याङ्कन समितिले नयाँ मुल्याङ्कन प्रतिवेदन बनाई प्रणालीमा अपलोड गर्न सकिन्छ ।

बोलपत्र मुल्याङ्कनको क्रममा Cancel Proceeding मा Click भएमा के गर्ने ?

  • Cancel Proceeding मा Click भएमा कार्यालय प्रमुख Public Entity Chief ले Cancel Proceeding Request लाई Reject गर्नु पर्ने हुन्छ ।

प्राविधिक प्रस्तावको मूल्याङकनमा चित्त नबुझेमा बोलपत्रदाताले अनलाईन गुनासो गर्न सक्छ कि सक्दैन?

  • प्राविधिक प्रस्तावमा चित्त नबुझे प्रणालीबाटै Complain Lodge गरेमा प्रणालीबाटै गुनासो सम्बोधन गर्न सकिन्छ ।

प्रणालीमा बोलपत्रदाताले प्राविधिक प्रस्ताव उपर चित्त नबुझी Complain Lodge गरेमा आर्थिक प्रस्ताव खोल्ने मिति सार्नु पर्छ कि पर्दैन ?

  • Complain Lodge भएमा कार्यालयबाटै गुनासो समाधान हुने समय यकिन गरी आर्थिक प्रस्ताव खोल्ने मिति र समय सार्नु पर्छ ।

बोलपत्रको मुल्याङ्कनको क्रममा सबै बोलपत्रदाता असफल भएमा प्रणालीमा के गर्ने ?

  • प्रणालीमा मुल्याङ्कनको क्रममा सबै बोलपत्रदाता असफल भएमा सोही बमोजिम प्रतिवेदन अपलोड गरी कार्यालय प्रमुख समक्ष पठाउन पर्नेछ ।
  • प्रतिवेदन प्राप्त भएपछि कार्यालयले नियमानुसार Re-evaluation वा Rebid वा Cancel गर्न सकिन्छ ।

सार्वजनिक निकायले प्रणालीमा सम्झौता विवरण कसरी राख्ने ?

  • प्रणालीबाटै Letter of Intent (LoI), Letter of Acceptance (LoA) र Contract Signing गरेर सम्झौता विवरण प्रविष्ट हुन्छ ।
  • प्रणालीबाटै Contract Awarding नभएको अवस्थामा Contract Record मोड्डयुल प्रयोग गरेर पनि सम्झौताको विवरण अद्यावधिक गर्नु पर्छ ।

प्रणालीमा रहेको Contract Management प्रयोग गर्नु पर्छ कि पर्दैन ?

  • कार्यालयले प्रणालीमा रहेको Contract Management प्रयोग गरेर विवरण अद्यावधि गर्न सक्नेछ ।

विद्युतीय खरिद प्रणालीमा कति पटक र कहिलेसम्म बोलपत्र संशोधन गर्न सकिन्छ ?

  • सार्वजनिक निकायले बोलपत्र पेश गर्ने अन्तिम समयसीमा अघिसम्म बोलपत्र संशोधन गर्न सकिन्छ । बोलपत्र संशोधन कार्यालयले आवश्यक्ता अनुसार संशोधन गर्न सकिन्छ ।

बोलपत्रदाताले प्रणालीमा बोलपत्र पेश गरेपछि संशोधन गर्न सकिन्छ कि सकिन्न ?

  • प्रणालीमा बोलपत्रदाताले बोलपत्र पेश गरेको भएमा प्रणालीबाटै बोलपत्र संशोधन गर्न सकिन्छ । बोलपत्र संशोधन आवश्यकता अनुसार जति पटक पनि गर्न सकिन्छ। बोलपत्र संशोधन गरेर अन्तिम समयसीमा अगावै बोलपत्र पेश भई सकेको हुनु पर्नेछ ।
  • Sealed Quotation हकमा संशोधन गर्न सकिन्न ।

एकपटक Withdraw भएपछि पुन बोलपत्र पेश गर्न सकिन्छ कि सकिन्न ?

  • एकपटक withdraw वा फिर्ता भएपछि पुन बोलपत्र पेश गर्न सकिन्न ।

बोलपत्रदाताले बोलपत्र संशोधन गर्दा पुरानो बोलपत्र प्रतिवेदन (Bid Response) के हुन्छ ?

  • बोलपत्रदाताले बोलपत्र Modify गर्दा पुरानो बोलपत्र प्रतिवेदन (Bid Response) को Replace भई नयाँ Bid Response पेश हुन्छ ।
  • कार्यालयले अन्तिम पटक संशोधनमा पेश भएको बोलपत्र प्रतिवेदन (Bid Response) मात्रै डाउनलोड गर्न सक्छ ।

संयुक्त उपक्रममा बोलपत्र पेश गर्दा संयुक्त उपक्रमको नाम के राख्ने ?

  • संयुक्त उपक्रममा बोलपत्र पेश गर्दा संयुक्त उपक्रमको नाम राख्दा सबै पक्षको पुरा नाम खुल्ने गरी राख्नु पर्नेछ ।

बोलपत्र पेश गर्दा पेश गरेको कागजातमा त्रुटि भएमा के गर्ने ?

  • बोलपत्रदाताले अन्तिम समयसीमा अघि सम्ममा बोलपत्र प्रतिवेदन सच्याएर पेश गर्नुपर्नेछ ।

बोलपत्रदाताले आफ्नो संस्थाको विवरण सच्याउन के गर्नु पर्छ ?

  • बोलपत्रदाताले आफ्नो संस्थाको विवरण सच्याउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार मार्फत अनुरोध गर्न सकिन्छ ।

बोलपत्रदाताले प्रणाली दर्ता गर्ने क्रममा राखेको अख्तियारीनामा बोलपत्र मुल्याङ्कनमा प्रयोग हुनसक्छ कि सक्दैन?

  • प्रणालीमा दर्ता गर्ने क्रममा बोलपत्रदाताले प्रणालीको प्रयोग गरी बोलपत्र पेश गर्नको निम्ति सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखेको अख्तियारीनामा बोलपत्र मुल्याङ्कनको लागि पर्याप्त नहुन सक्छ ।

बोलपत्रदाताले प्रोफाईलमा राखेको विवरण सार्वजनिक निकायले मुल्याङ्कनको लागि माग गर्न सक्छ कि सक्दैन?

  • प्रोफाइलमा रहेको विवरण मुल्याङ्कनको लागि माग गर्न सकिन्न ।

बोलपत्रदाताको प्रोप्राइटरसीपमा रहेको फर्म कम्पनीमा परिवर्तन भएमा प्रणालीमा कसरी अपडेट गर्ने ?

  • यस्तो अवस्थामा प्रणालीमा पुन: नयाँ कम्पनी दर्ता गर्नु पर्छ ।

सार्वजनिक निकाय मर्ज वा खारेज भएमा के गर्ने ?

  • सार्वजनिक निकाय खारेज भएमा Admin प्रयोग कर्ता Block गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखी पठाउनु पर्नेछ ।
  • सार्वजनिक निकाय मर्ज भएमा जुन निकायबाट कार्यसम्पादन हुने हो सो वाहेकका निकायको प्रयोगकर्ताहरु Block गर्ने । तर ती निकायबाट बोलपत्रहरु चालु अवस्थामा रहेको भएमा ती कामहरु नसकेसम्म प्रयोगकर्ता Block नगर्ने ।

 हार्डकपीमा कार्य सम्पन्न भईसकेका तर प्रणालीमा Pending रहेका Task हरु कसरी व्यवस्थापन गर्ने ?

  • हार्डकपी मार्फत कार्य सम्पन्न भएका Pending Task हरु लाई कुनै एउटा Archived Task User बनाई Admin ले Delegate गर्न सकिन्छ ।

प्रणालीबाट कार्य सम्पन्न भईसकेका खरिद सम्बन्धी कार्यहरुको जानकारी कसरी प्राप्त गर्ने ?

  • प्रणालीमा रहेको PPMIS मोड्युलबाट कार्य सम्पन्न भईसकेका खरिद सम्बन्धी विवरणहरु Tabular Format वा Excel मा डाउनलोड गर्न सकिन्छ ।

प्रणालीमा रद्द भएका ठेक्कालाई पुन Restore गर्न सकिन्छ वा सकिन्न ?

  • एक पटक रद्द भएको ठेक्कालाई पुन Restore गर्ने सुविधा प्रणालीमा छैन ।

बोलपत्र नखोलेको अवस्थामा बोलपत्र दाखिला गर्ने म्याद सकेपछि म्याद थप गर्न सकिन्छ वा सकिन्न् ?

  • बोलपत्र नखोलेको भएपनि दाखिला गर्ने म्याद सकिएपछि म्याद थप गर्न सकिने व्यवस्था प्रणालीमा रहेको छैन ।

प्रणालीमा समस्या आई सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्रको म्याद थप गर्न सक्छ कि सक्दैन ?

  • प्रणालीमा बोलपत्रदाताको पहुँच नपुग्ने गरी वा प्रणालीमा आएको प्राविधिक समस्याका कारण बोलपत्रदाताहरुको बोलपत्र पेश हुन नसकेको अवस्थामा सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०८० मा भएको व्यवस्था बमोजिम म्याद थप गर्न सक्छ ।

प्रणालीमा आएको समस्याका कारण सार्वजनिक खरिद अनुगमन कार्यालयले नै म्याद थप गरेको अवस्थामा बोलपत्र जमानतको लागू हुने मिति के लाई मान्ने ?

  • प्रणालीमा समस्या आई सार्वजनिक खरिद अनुगमन कार्यालयबाटै म्याद थप भएको अवस्थामा बोलपत्र कागजातमा उल्लेखित शुरुको बोलपत्र खोल्ने मिति लाई नै बोलपत्र जमानत लागू हुने मितिको रुपमा गणना गर्नु पर्नेछ ।

स्थानीय तह वा प्रदेश तहबाट दिइने विदाहरुको हकमा प्रणालीमा बोलपत्रको म्याद थप कसरी हुन्छ ?

  • स्थानीय तह वा प्रदेश तहबाट विदा घोषणा गरेको अवस्थामा सम्बन्धित कार्यालयहरु आफैले बोलपत्रको म्याद थप गर्नु पर्छ। यसरी म्याद थप गर्दा बोलपत्र पेश गर्ने अन्तिम समयसीमा अगावै Bid Deadline Extension मोड्युल वा Bid Addendum बाट म्याद थप गर्नु पर्दछ।

विद्युतीय खरिद प्रणालीमा दर्ता हुन बोलपत्रदाताले कति दस्तुर बुझाउनु पर्ने हुन्छ ?

  • प्रणालीमा दर्ता हुन बोलपत्रदाताले कुनै पनि दस्तुर बुझाउनु पर्दैन ।

विद्युतीय खरिद प्रणालीबाट बोलपत्र कागजात हेर्न दस्तुर बुझाउनु पर्छ कि पर्दैन ?

  • बोलपत्र कागजात डाउनलोड गरेर हेर्न कुनै पनि दस्तुर पर्दैन तर बोलपत्र पेश गर्नेको हकमा तोकिएको दस्तुर बुझाई सो को भौचर बोलपत्र सँगै पेश गर्नु पर्दछ ।

प्रणालीबाट बोलपत्र कागजात बनाउँदा BoQ को Common Procurement Vocabulary (CPV) सूचीमा शब्दावलीहरु थप गर्न के गर्ने ?

  • (CPV ) Common Procurement Vocabulary मा शब्दावलीहरु थप गर्नु पर्ने भएमा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अनुरोध गर्नुपर्ने हुन्छ ।

बोलपत्रदाताले BoQ लाई Excel मा Export गर्दा CPV परिवर्तन गर्न मिल्छ कि मिल्दैन ?

  • बोलपत्रदाताले Excel मा CPV शब्दावली तथा कोड नम्बर एवं BoQ को कामहरुमा केही पनि परिवर्तन गर्नु हुँदैन ।

प्रणालीमा नेपाली युनिकोडमा विवरण राख्न सकिन्छ कि सकिन्न ?

  • यस प्रणालीमा अंग्रेजी वाहेक नेपाली तथा अन्य भाषाका युनिकोडहरुमा विवरण भर्न सकिन्न ।

प्रणालीमा अपलोड गर्ने फाईल कुन फर्म्याटमा हुनु पदर्छ ?

  • प्रणालीमा pdf फाईलहरु मात्रै अपलोड गर्न सकिन्छ । फाईलको नाम अंग्रेजी अक्षरमा मात्रै हुनु पर्दछ ।

प्रणालीमा बोलपत्रदाताले कति साईजसम्मको फाईल अपलोड गर्न सक्छन् ?

  • प्रणालीमा तोकिएबमोजिम बोलपत्रदाताहरुले कतै 1MB त कतै 20 MB सम्मको फाईल अपलोड गर्न सकिन्छ ।

प्रणालीमा बोलपत्र पेश गर्दा One Time Password (OTP) के मा प्राप्त हुन्छ ?

  • प्रणालीमा बोलपत्र पेश गर्ने क्रममा बोलपत्रदातालाई इमेलमा OTP प्राप्त हुन्छ ।

प्रणालीमा सार्वजनिक निकाय तथा बोलपत्रदाताको खाता लक भएमा के गर्ने ?

  • खाता लक भएमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा खाता अनलक गर्न अनुरोध गर्न सकिन्छ ।

पासवर्ड वा युजरनेम नमिलेर प्रयोगकर्ताको खाता ब्लक भएमा के गर्ने ?

  • खाता ब्लक भएमा केही समय पछि मात्रै लगइनको प्रयास गर्नु पर्दछ ।

व्यक्तिगत परामर्शदाता प्रणालीमा दर्ता हुन सकिन्छ वा सकिन्न ?

  • हाललाई व्यक्तिगत परामर्शदातालाई प्रणालीमा दर्ता गर्ने व्यवस्था छैन ।

प्रणालीबाट २० लाख भन्दा बढि लागत अनुमान भएको परामर्श सेवा खरिदमा खुला आशयपत्रको (Expression of Interest -EOI) सूचना दिन सकिन्छ ?

  • सकिन्छ।

प्रणालीबाट परामर्शको सेवा खरिदको प्रस्ताव (Request for Proposal-RFP) माग गर्न सकिन्छ ?

  • हाल प्रणालीमा Lump Sum सम्झौताको मात्रै RFP सम्बन्धी Online Template प्रयोग गरी प्रस्ताव माग गर्न सकिन्छ ।

हाल कति रकम भन्दा बढीको खरिदमा e-GP प्रयोग गर्नु पर्ने व्यवस्था छ ?

  • विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०८० को दफा ५ बमोजिम खुला रुपमा बोलपत्र आह्वान गरी खरिद कार्य गर्दा e-GP प्रयोग गर्नु पर्नेछ ।

e-GP बाट बोलपत्र प्रकाशित गर्दा सार्वजनिक सूचना पत्रिकामा दिनु पर्छ कि पर्दैन ?

  • ऐनमा व्यवस्था भए बमोजिम पत्रिकामा सुचना दिनु पर्छ ।

पुनरावलोकन समितिले पुन: मूल्यांकन गर्नु भन्ने आदेश दियो तर कार्यालयले प्राविधिकमै फेल पारेको  बोलपत्र पुन मूल्याङकन प्रकृयामा कसरी अगाडी बढाउने?

  • सार्वजनिक खरिद अनुगमन कार्यालयलाइ पत्राचार गरी मूल्याङकन प्रकृयामा सहजिकरण गर्न अनुरोध गर्ने ।

कार्यालयले मूल्याङकनमा त्रुटी गरेको भनि उजुरी परी कार्यालय प्रमुखले जाँच गराउदा उजुरी दावी पुग्ने देखि पुन मूल्याङकन गरी खरिद प्रकृया अगाडी बढाउने निर्णय भएमा मूल्याङकन प्रकृया कसरी अगाडी बढाउने?

  • सार्वजनिक खरिद अनुगमन कार्यालयलाइ पत्राचार गरी मूल्याङकन प्रकृयामा सहजिकरण गर्न अनुरोध गर्ने ।

नोट : यहाँ उल्लेख गरीएका प्रश्न र उत्तरहरु जानकारीका लागी मात्र राखिएकाले यसको आधिकारीकताका लागी सार्वजनिक खरिद अनुगमन कार्यलयबाट सार्वजनिक गरीएको FAQ  हेर्न अनुरोध छ:   लेखक

 

प्रकाशित :२०८२ फाल्गुन १५, शुक्रबार १३:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry