राससलाई प्रभावकारी बनाउन सरकारले सक्दो सहयोग गर्ने मन्त्री अर्यालको प्रतिबद्धता

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय समाचार समिति (रासस) लाई प्रभावकारी बनाउन सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Advertisement 1
आज राससको केन्द्रीय कार्यालयको अवलोकन गर्दै उनले राससलाई आत्मनिर्भर बनाउने राससका योजनाबारे जानकारी लिँदै कार्यान्वयनका लागि सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका ह।
त्यस अवसरमा उनले राससको समाचार सङ्कलन, समाचार र तस्बिर सम्पादनलगायतका विषयमा जानकारी लिए। राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको समग्र वस्तुस्थिति, समाचार सङ्कलन र सम्प्रेषण प्रक्रिया, आर्थिक आयआर्जन, साधन स्रोत र जनशक्तिलगायतका विषयमा उनलाई जानकारी गराए। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री अर्यालले ‘रासस मिडिया सङ्ग्रहालयको पनि अवलोकन गरेका थिए।
Advertisement 2
राससका महाप्रबन्धक सन्दीप राई, प्रधानसम्पादक उत्तम सिल्वाल, समाचार महाशाखा उपप्रमुख एकराज पाठक, कार्यकारी सम्पादक तथा मातृभाषा समाचार सेवाका संयोजक शरच्चन्द्र भण्डारीलगायतले राससका सेवाबारे अवगत गराउँदै प्रभावकारी बनाउनका लागि सरकारको सहयोगका लागि आग्रह गरेका थिए।
–––














