८४ वर्ष पुगेका अवसरमा विद्यालयलाई रु ५ लाख सहयोग

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका एक परिवारले आफ्ना अभिभावक ८४ वर्ष पुगेका अवसरमा स्थानीय विद्यालयलाई रु ५ लाख सहयोग गरेको छ।
Advertisement 1
रत्नेचौरका भीमबहादुर र भीमकुमारी थापामगरको ८४ पूजाका अवसरमा बिहीबार उक्त रकम विद्यालयलाई हस्तान्तरण गरिएको हो।
थापा दम्पतीका छोरीहरू लक्ष्मी थापामगर, कमलकुमारी थापामगर, सुनिता थापामगर, सविना थापामगर, हरिकुमारी थापामगर र सरिता थापामगरले रु पाँच लाख हस्तान्तरण गर्नुभएको विद्यालयका प्रअ विनोद थापाले जानकारी दिए।
Advertisement 2
उक्त रकम थापामगर दिदीबहिनीहरूले स्थापना गरेको भीमबहादुर÷भीमकुमारी अक्षयकोषमा राखेर त्यसको ब्याज विद्यालयको शैक्षिक तथा भौतिक विकासमा परिचालन गरिने उनले बताए।
बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापा र जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख दलबहादुर थापाको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो।














