क्यानडाले फेरि दिन थाल्यो नेपाली विद्यार्थीलाई अध्ययन भिसा

नेपालबाट उच्च शिक्षाका लागि क्यानडा जान चाहने विद्यार्थीहरुलाई क्यानडा अध्यागमनले अध्ययन भिसा दिँदा रोलर कोस्टर प्रवृत्ति देखिएको छ । क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरु बढाउने नीति लिएसँगै गत वर्षमात्रै नेपालबाट दुई हजार बढी विद्यार्थीहरुले क्यानडा अध्ययन भिसा प्राप्त गरेका गोरेटो कन्सल्टेन्सीका काउन्सेलर धीरज कँडेलले जानकारी दिए ।
Advertisement 1
क्यानडा अध्यागमनले विद्यार्थीहरुले भिसा निवेदनमा समावेश गरेका आय स्रोत तथा आर्थिक कारोबारको प्रमाण विश्वोसनीयता, काम र करियर औचित्य पुष्टि हुने प्रोग्राम चयन सही भए÷नभएको सुक्ष्म समीक्षा गरी निर्णय दिइराखेको गोरेटोका अर्का काउन्सेलर सतिश भट्टले जानकारी गराए ।
क्यानडाका विभिन्न सामुदायिक कलेज र विश्व विद्यालयहरुमा डिप्लोमा र स्नातक तहमा अध्ययन गर्न अंग्रेजी प्रविणता परीक्षा आईएलटीएसको प्रत्यक मोड्युलमा कम्तिमा ६ र औसतमा ६ वा पीटीई परीक्षाको प्रत्येक मोड्युलमा कम्तिमा ५५ र औसतमा ५८ अनिवार्य हुनुपर्ने गोरेटो र आईसीसीका अध्यक्ष राम खड्काले जानकारी दिए ।
Advertisement 2
त्यस्तै स्नातक तहको अध्ययनपछि क्यानडामा लोकप्रिय प्रोग्राम पोस्ट ग्र्याजुएट डिग्री वा स्नाकोत्तर तहको अध्ययनको लागि आईएलटीएसको प्रत्येक मोड्युलमा कम्तिमा ६ र औसतमा ६.५ वा पीटीई परीक्षाको प्रत्येक मोड्युलमा कम्तिमा ५८ र औशतमा ६० हुनुपर्ने अध्यक्ष खड्काले जोडे ।
नेपालमा निश्चित अध्ययन तह पुर गरी काम गर्दै आइरहेका वा ग्याप भएका विधार्थीहरुले पनि क्यानाडा अध्ययन भिसा आवेदन दिन सक्नेछन । क्यानाडा अध्ययनको लागि कुल लागतको प्रश्नमा कम्तिमा एक बर्षको ट्युसन फी औशतमा नेपाली रु. १७ लाख र मितव्ययी तरिकाले खान र बस्न कम्तिमा ८ लाख कुल वार्षिक २५ लाख खड्काले जानकारी दिए ।
Advertisement 3
नेपाली बिद्यार्थीहरुको क्यानाडा अध्ययन गर्ने वड्दो आकर्षण र पछील्लो क्यानाडा अध्ययन भिसा सफल संख्यालाई मध्यनजर गर्दै गोरेटो कन्सलटेन्सी (नयाँ वानेश्वोर) र आइ. सि. सि. सि. (पुतलिसडक कमलादी) ले यही आउदो अङ्रेजी महिना मे २ तारिकका दिन होटेल एल्लो पागोडामा “सम्राट क्यानाडा शैक्षिक मेला २०२२” आयोजना गर्दै छ।
बिहानको ठीक ११:३० बजे शुरु भइ दिउसो ३:३० मा समापन हुने उक्त प्रोग्राममा क्यानाडाका विभिन्न शैक्षिक संस्थाहरुका प्रध्यापकहरुले क्यानाडा अध्ययन सम्वन्धी जानकारी दिनेछन । साथै क्यानाडा अध्ययन सम्वन्धी लामो समय परामर्श दिदै आएका लोकप्रिय क्यानाडा परामर्शकर्ताहरुले पारदर्शी जानकारी दीइने मेलाका समन्वयनकर्ता प्रकाश रेग्मीले वताएका छन ।
त्यस्तै कोरोना महामारीको समयमा पनि गोरेटो र आइ सि सि ले धेरै क्यानाडा अध्ययन जुम मेला गरेको र कोरोन कहर सामान्य हुँदै गइराखेको अवस्थामा भौतिकरुपमा प्रत्यक्ष क्यानाडा शिक्षा मेला हुँदा धेरै बिद्यार्थी तथा अभिभावकहरुलाई समग्रमा क्यानाडा अध्ययन सम्वन्धी सबै जानकारी एकै ठाउमा पाउने सुनौलो अवसर रहन सक्ने रेग्मीको भनाइ छ ।