तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौं। स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको मूल्य घटेको छ। चाँदीको मूल्य भने रु ५० ले बढेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख ६ हजार ५०० र १ तोला चाँदीको मोल रु ५ हजार ३४० कायम भएको छ।

बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख ६ हजार ६०० र १ तोला चाँदीको मोल रु ५ हजार २९० कायम भएको थियो। गत मङ्गलबार प्रतितोला सुन रु ३ लाख ५ हजार ५०० र १ तोला चाँदीको मोल रु ५ हजार २४० कायम भएको थियो। गत सोमबार १ तोला सुन रु ३ लाख ४ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार २५० मा खरिदबिक्री भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज १ औँस सुन ५ हजार ८३ र त्यति नै चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित :२०८२ माघ २९, बिहीबार १३:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry