तीन महिना नपुग्दै सचिव गेलालको सरुवा

तीन महिना नपुग्दै सचिव मणिराम गेलालको फेरि सरुवा भएको छ । गत १० फागुनमा राष्ट्रिय सर्तकता केन्द्रबाट पुर्ननिर्माण प्राधिकरणमा हाजिर भएका सचिव इ मणिराम गेलालको त्यहाँबाट सरुवा गरी उर्जा,सिचाँई तथा जलश्रोत मन्त्रालयमा पठाइएको हो ।
त्यहाँ सचिवको रुपमा कार्यरत मधुसुदन अधिकारी ५८ बर्षे उमेर हद लागेर अवकाश पाएसँगै एक सचिव पद रिक्त थियो । एक कार्यक्रमको बीच सचिव गेलाललाई पुर्ननिर्माण प्राधिकरणबाट बिधाई गरिएको हो । अब त्यहाँ जलश्रोत तथा सिचाई सचिवको जिम्मेवारी गेलालले सम्हाल्नेछन् भने उर्जा सचिवका रुपमा देवेन्द्र कार्की कार्यरत छन् ।

Advertisement 1

गेलाल भक्तपुरका स्थानीय बासिन्दा हुन् । चाँगुनारायण माविबाट २०४० सालमा एसएलसी उत्तीर्ण गरेका गेलाललाई केही अघि सचिवमा बढूवा भएका थिए । लामो समय सहरी विकास तथा भवन निर्माण विभागको कमाण्ड सम्हालेका उनको बढुवा पछि पोष्टिङ राष्ट्रिय सतर्कता केन्द्रमा भएको थियो । तीन महिनामै त्यहाँबाट उनको सरुवा पुर्ननिर्माण प्राधिकरणमा भएको थियो । अस्तिमात्र उनको सरुवा भएर जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रकाशित :२०७८ जेष्ठ १०, सोमबार १२:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry