रिटायर्ड सचिवको रोजाईमा राप्रपा

अवकाश प्राप्त दुई सचिवले राप्रपा पार्टी रोजेका छन् । साता दिन पछि अर्काे अवकाश प्राप्त सचिवले पनि राप्रपा पार्टी रोजेर हलो पार्टीको झण्डा मुनी प्रवेश गरेका छन् ।

Advertisement 1

अघिल्लो सोमबारमात्र रिटायर्ड सचिव केदार अधिकारी राप्रपा पार्टीमा प्रवेश गरेका थिए । साता दिन नबित्दै सचिव केदार न्यौपानेले पनि हलो पार्टी रोजेका छन् । अघिल्लो साता मात्रै रिटायर्ड सचिव केदार न्यौपानेले आफू पनि राप्रपा पार्टी प्रवेश गर्न चाहेको खबर पठाएका थिए । न्यौपाने अधिवक्ता बालकृष्ण न्यौपानेका दाजु हुन ।

युवा तथा खेलकुद मन्त्रालयबाट केही महिना अघि अवकाश पाएका केदार न्यौपानेले हलो पार्टी रोजेका हुन । जागिरे जीवनमा गृह, स्थानीय विकास,भूमिसुधार मन्त्रालय जस्ता निकायमा बसेर काम गरेका न्यौपानेलाई आजै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गरी राप्रपामा प्रवेश गराएका हुन्।

Advertisement 2

यस अघि राप्रपामा स्पेश खोज्दै धुम्बाराही पुगेका रिटायर्ड सचिव केदार अधिकारीलाई पार्टी अध्यक्ष राजेन्द्रले उपयुक्त जिम्मेवारी दिने वचनबद्धता दिएसँगै सोमबारै उनीसहित नेपाली सेनाका उपरथी शशिचन्द्रबहादुर सिंह, मिर्गौला रोग विशेषज्ञ डा. अर्चन शमशेर राणा, स्त्री रोग विशेषज्ञ डा सूर्यबहादुर गुरुङहरु हलो पार्टीको झण्डामुनी प्रवेश गरिसकेका छन् ।

प्रकाशित :२०७९ बैशाख १३, मंगलवार १६:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry