देशलाई दुर्घटनातर्फ धकेल्नेलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् : पूर्व राजा ज्ञानेन्द्र शाह

प्रतिनिधि सभा दोश्रो पटक बिघटन र कोरोना महामारीकैबीच निर्वाचनको मिति घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको चौतर्फी आलोचना भइरहेको छ ।
यसैबीच पूर्वराजा ज्ञानेन्द्र विर विक्रम शाहले देशलाई दुर्घटना तर्फ धकेल्ने प्रयास गर्नेलाई जनताले कहिल्यै क्षमा नगर्ने टिप्पणी गरेको छन् ।
उनले ट्विटरमार्फत लेखेका छन्,यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन्।

Advertisement 1

प्रकाशित :२०७८ जेष्ठ ८, शनिबार १३:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry