नागर्जुनका मेयरविरुद्ध १३ करोडको मुद्दा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयिगले आइतबार मेयर बस्नेतमाथि मुद्दा दायर विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।बस्नेतमाथि ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको आरोप आयोगको छ। बस्नेतमाथि सम्पत्ति शुद्धीकरणअन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ। बस्नेतसहित उनकी पत्नी उर्मिला बस्नेत र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेलसहित पद्मा कोलोनी कम्पनी र पद्मा मर्चेन्ट कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो।
प्रकाशित :२०८१ पुष १४, आईतवार १८:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%