“रुपान्तरित ट्रेड युनियन आन्दोलनको नेतृत्व हामी गर्छौं “

हाइलाइट : कर्मचारीले मेरो जिवनकालभरी कहाँ कहाँ सेवा गर्नुपर्छ भन्ने कुराको अगाडी नै जानकारी हुने व्यवस्था र नागरिक बडापत्रका आधारमा ढिलो सेवा दिने कर्मचारीको तलवबाट क्षतिपुर्ति भराउने एवम् पुर्ण स्वचालित प्रणालीमा आधारीत अनलाइन प्रणाली लागु गर्ने लगायतका कार्य गरी नागरीक सेवा गर्ने कर्मचारीको विकास गर्दै सेवा सुविधामा बढोत्तरी गर्दै ट्रेड युनियन आन्दोलन अगाडी बढाउने छौं ।

Advertisement 1

सरकारी कर्मचारीमाझ परिचित नाम हो दिनेश लम्साल । बिगत बाइस बर्ष देखि सरकारी सेवामा सेवारत हुँदै लगभग तेती नै समयदेखि ट्रेड युनियन आन्दोलनमा रही कर्मचारीका हक हितमा आफ्ना आवाज बुलन्द पार्दै आउनुभएका लम्सालले सरकारी सेवामा खरो टिप्पणीकर्ताका अलावा सार्वजनिक खरिदका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रशिक्षण कार्यमा समेत सक्रिय हुँदै साहित्यक्षेत्रमा समेत संलग्न गराउँदै आउनुभएको छ । स्थानीय निकायको बजेट, लेखा प्रणाली र लेखापरिक्षण संयुक्तरुपमा लेखन गर्नु भएका लम्साल नेपालमा सार्वजनिक खरिद (अवधारणा र अभ्यास) को लेखक समेत हुनुहुन्छ । सार्वजनिक खरिद लगायत समसामयिक बिषयमा लेखनकर्म गरिरहने उहाँले हाफ जिन्दगी नामक संस्मरण पनि प्रकाशित भएको छ । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको केन्द्रिय उपाध्यक्षको हैसियतमा हाल ट्रेड युनियन गतिविधिमा संलग्न उहाँ नेपाल सरकारको लेखा अधिकृतको जिम्मेवारीमा कार्यरत लम्सालसँग इकर्मचारी डटकमले गरेको कुराकानी प्रस्तुत गरेका छौं ।

प्र.१ तपाइको संगठन आजभोली के गर्दैछ ?
⇒ देशमा व्याप्त भ्रष्टाचार र कुशासन विरुद्द खवरदारी गर्दै नागरिक सेवामा सहजता ल्याउँदै सरकार छ है भन्ने अनुभुति दिलाउन सदस्यहरुको कार्यवातारण सुधारमा निरन्तर खटिरहेको छ हाम्रो संगठन एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल।

Advertisement 2

प्र.२ तपाइको यस संगठनमा भुमिका र जिम्मेवारी के छ ? गतिविधी कस्तो छ ?
⇒ मेरो गौरवशाली संगठन एकिकृत सरकारी कर्मचारी संगठन, नेपालको केन्द्रिय उपाध्यक्ष भएको नाताले संगठन भित्र मलाई सूचना प्रविधी तथा प्रकाशन विभागको संयोजक तथा लुम्विनी प्रदेश इन्चार्च समेतको परिभाषित जिम्मेवारी बहन गर्दै संगठन केन्द्रिय कमिटिको हाइकमाण्डको रुपमा रहेको कार्यलयको सदस्यका रुपमा आइपर्ने जिम्मेवारी समेत निर्वाह गर्दै आइरहेको छु। ९७ जिल्ला विभागिय समितिहरु विस्तार गर्दै ८ प्रदेश (उपत्यका समेत) कार्यसमिति केहि पालिका स्तरिय (महानगर समेत) को समिति गठन भैसकेको, १९ विभाग/ आयोगहरुको पूर्णता गर्दै संगठनले तय गरेका नीति योजना कार्यक्रमहरुको कार्यान्वयनमा लागिरहेको हाम्रो संगठनले विभान्न आय आर्जन र सचेतना मूलक गतिविधीहरु गर्दै आएको तपाईहरु नै साक्षी हुनुहुन्छ। यस विचमा कर्मचारीसँग जनता, कर्मचारी सँग सदस्य, कर्मचारी सँग किसान/महिला/साहित्यकार जस्ता लोकप्रिय कार्यक्रम गर्दै कर्मचारी हरुका गुनासा, पिरमर्काहरुमा एकाकार बन्दै सामूहिक सौदावाजी गर्दै आइरहेको छ।

प्र.३ तपाइको संगठन कुन दलसँग आबद्ध छ ?
⇒ प्रचलित निजमति सेवा ऐन, २०४९ नियमावली, २०५० ले दिएको कानुनी आधार, ILO अभिसन्धीले गरेको श्रमिक संगठन खोल्नपाउने मान्यता एवम् नेपालको संविधान र श्रम सम्बन्धी कानूनले ग्यारेण्टी गरेको सिद्धान्त र व्यवस्थाका आधारमा श्रम विभागमा प्रक्रिया पुर्‍याइ ट्रेड युनियन कानुन बमोजिम दर्ता हुने हुँदा यो कुनै दलसँग आवद्ध रहने वा कसैको भातृसंगठनको रुपमा रहने भन्ने विषय अनावश्यक कोकोहोलो मात्र हो भन्न चाहन्छु। हाल सम्म ६ वटा मात्र ट्रेडयूनियन दर्ता भएको अवस्थाले पनि दलैपिच्छे ट्रेड यूनियन भन्ने भाष्यलाई खण्डित गर्दछ। यदि त्यसो हो भने के नेपालमा ६ वटा दल मात्रै अस्तित्वमा रहेका छन त ? यो प्रश्न म त्यस्तो भाष्य बनाउने ट्रेड युनियन विरोधी पक्षहरुलाई सोध्न चाहन्छु।

Advertisement 3

यति भन्दै गर्दा यहाँनिर एउटा विषय भन्न छुटाउँदा उत्तर अधुरो हुन्छ जस्तो लाग्छ । ट्रेड युनियन आन्दोलन राजनितिक अधिकारबाट निसृत बर्गिय आन्दोलनको बाइप्रोडक्ट भएकोले हरेक युनियनहरु कुनै न कुनै राजनितिक बिचारबाट प्रेरित हुन्छन नै हामी पनि राजनितिक बिचारको पक्षपोषण गर्ने गरी समान विचार राख्ने सदस्यहरु एकैठाउँमा बसी विचारका आधारित भएर आफ्ना गतिविधिहरुलार्इ व्यवस्थित गरेका हुन्छौं यसैका आधारमा कहिलेकाँही कुनै राजनीतिक दलले अंगिकार गरेको विचारमिले जस्तो देखिंदा दलप्रतिको निकटता हो कि भनेर अनुमानका आधारमा संकेत गरेको पाइन्छ यो एक प्रकारको भ्रमपनि हो तर युनियनहरु उद्देश्यका आधारमा विशुद्ध पेशागत संगठन हुन् र पेशगत हकहितका लागी सामुहिक सौदावाजी गर्नका लागी मात्र रहन्छन त्यही दिशामा हामी परिचालित र संगठित रहँदै आएको स्पष्ट गराउन चाहन्छु ।

प्र.४ कर्मचारीमाझ जहिलेपनि सरुवाको विषय विवादित बनेको पाइन्छ यसलाई कसरी समाधान गर्ने सोच राख्नुभएको छ ?
होः तपाइले गरेको प्रश्न जसरी सरुवामा बेथितिहरु देखिएको छ यसलाई सुधारका लागी मापदण्ड तयार गरी मापदण्डका आधारमा सरुवा गर्नुपर्ने विषयमा हामी दृढरुपमा लागीरहेका छौं । हाम्रै खबरदारीका कारण सामान्य प्रशासनले कार्यालयसम्म नै सोझै सरुवा गर्ने प्रचलन अन्त्य भएको छ अहिले सामान्य प्रशासन मन्त्रालयले अन्तरमन्त्रालय मात्रै सरुवा गर्न पाउँछ त्यसमा हामी निगरानी समेत गरिरहेका छौं । यसले बिगतमा आफु मातहतका कर्मचारीहरुको व्यवस्थापन गर्न पाउनुपर्ने मन्त्रालय विभागहरुको अधिकार पुनर्स्थापित भएको छ तर तिनै मन्त्रालय वा सेवा समुह सञ्चालन गर्ने केन्द्रिय निकायहरुको सरुवा प्रक्रियामा गुनासाहरु कायम छन् अव त्यसमा सुधार गर्नुपर्नेछ । यसैगरी सरुवालाई २ वा ३ सरुवा कायम हुने गरी चक्रियरुपमा लानुपर्ने र त्यसका बैज्ञानिक आधारमा छलफल भइरहेको छ यसलाई छिट्टै कायम गराउनुपर्ने छ हामी यसलाई कायम गराउन प्रतिवद्ध छौं ।

प्र.५ सरुवामा राजनीतिक हस्तक्षेप वा दवाव कत्तिको छ अनि उच्च प्रशासकहरुको भुमिका कस्तो पाउनुभएको छ ?
⇒ यसलाई ५०/५० को भाग लाएर भन्नुपर्ने हुन्छ। खासमा २०७२ सालमा संविधान निर्माण भै शासकिय स्वरुपनै परिवर्तन गर्ने गरी जसरी परिवर्तन हुनुपर्थ्यो त्यो स्पिरिटमा प्रशासनलाई लाने गरी नितिगत व्यवस्थापन नगर्नु राजनीतिक अकर्मन्यता नेतृत्व पनि उत्तिकै जिम्मेवार रहेको यसमा कैयौ हामीले एकल र संयूक्तरुपमा खवरदारी गरिरहेका छौ र पनि यो अवस्था अझै सकारात्मक अवस्थामा पुगेको छैन।

यसमा रोचक पक्षत यो छ भने प्रदेश सरकारहरु ProActive भई भटाभट कानूनहरु निर्माण गरिरहेका छन तर संघ भने न नीति बनाउन पहल गर्छ न निर्देशनात्मक आदेश गरी समन्वय र सहजीकरण गर्न सक्छ तल्ला तहहरु क्रियाशिल हुने उपाय खोजी गरीरहँदा संघीइ तह भने मौन र सुस्त भएको छ। संघ सरकार अधिकार सबै माथी राखी नियन्त्रीत प्रशासनको अभ्यास बढाउदै लगेको र हाम्रा उच्च प्रशासकहरु दुधको साक्षी विरालो बनेका छन । सरोकारवालाहरुलाई विश्वासमा लिई काम कारबाही समयमै टुंग्याउनुपर्नेमा अनर्गल प्रभावमा पार्ने खेलमा लागेको छन् सरकारहरु।

प्र.६ तपाइहरुले संगठन निर्माण गरेको धेरै भाको छैन क्यारे संगठन निर्माणको रणनीति र कार्ययोजना कस्तो छ ?
⇒ हामीले संगठन निर्माण गरेको जम्मा अढाई वर्ष पुग्दा नपुग्दै सरकारसँग सौदबाजी गर्ने प्रभावशाली ट्रेडयुनियनका रुपमा स्थापित भएका छौ। भरखरै मात्र सरकारी कुशासनका कारण बलजफ्ती र अप्राकृतिकरुपमा शासन शत्तामा टिकिरहने तर नागरिकका असन्तुष्टि घटाउनुको साटो नागरिक अधिकारप्रति खिसिटिउरी गर्ने सरकारका कारण जेन्जी बिद्रोह भयो जसमा हजारौं कर्मचारीहरु समेतको नैतिक समर्थन रहेका कारण छिट्टै सत्ता ढाल्ने महत्वपूर्ण कारण बनेको यथार्थ बिस्तारै खुल्दै गइरहेको छ यसविच अहिले पनि परम्परागत ट्रेड युनियनहरुका विगतका गतिविधिका कारण हामी पनि आलोचनाका सिकार भएका छौं यसलाई हामीले हाम्रो गतिविधि नागरिकमैत्री बनाउन नैतिक बल थपेको छ। हामी अहिले पनि त्यस्ता अराजनीतिक दलाल ट्रेडयुनियन अभ्यासको निन्दा गर्दछौ। कर्मचारीहरुलाई विभाजीत गर्ने परम्परागत निजामती शब्दनै त्याग गरी एकिकृत र गोलबन्द गर्ने ध्येयले हामीले हाम्रो संगठनको नामै परिवर्तन गरी एकिकृत सरकारी कर्मचारी संगठन भन्ने नाम राख्नुपरेको हो। यसै पृष्ठ भूमिमा रहि तिनै तहका सबै खाले (अस्थायी,करार,ज्यालादारी) श्रमिक कर्मचारीको हकहितको ग्यारेण्टी गर्दै सो का लागि खबरदारी र वहस समेत चलाइरहेका छौ। क्षतिपूर्तिमा आधारित नागरिक सेवामा प्रतिवद्ध रही पहिचानमा आधारित भ्रष्टचारमुक्त शासनशैली अवलम्बन गर्नु पर्नेमा दृढ छौ। प्रशिक्षण, सार्थक वहस एंव भेलाहरुबाट प्राप्त सुझावहरुलाई संगठनको आत्मा बनाउने, सदस्यहरुको कल्याणका लागि बिमा एंव सदस्य परिवारको रोजगारीको पहलकदमी लिदै समाजवादी श्रमिक मोर्चाको रुपमा संगठनलाई अघि बढाउने रणनीति अंगाल्दै अगाडी बढ्दैछौ।

प्र.७ अन्तमा भन्नैपर्ने केही कुरा छ की ?
⇒ अन्तमा, हाम्रो संगठन माथीका रणनीतिहरुलाई कार्यान्वयन गर्ने दिशमा लादै गर्दा यहाँ कुनै पनि श्रमिक कर्मचारीले कुनै प्रकारको विभेद व्यवहारिक रुपमै नरहने सुनीश्चितता गर्नेछौ। यस संगठन भित्र कोही निजामति, गैरनिजामति, मधेशी, प्राविधिक, लेखा, राजस्व, न्याय आदि आदि समुहका कर्मचारी नभई केबल एकीकृतरुपमा सरकारी कर्मचारी मात्र रहने विषयमा तपाई हामी मिलेर जानको विकल्प छैन आउनुहोस हातेमालो गर्दै परम्परागत नीजामति सेवा होइन समाजवादी चरित्रको नेपाली जनताको केन्द्रविन्दुमा बस्ने सेवकहरुको (राष्ट्र) सेवामा रुपान्तरण गरौ।

प्रकाशित :२०८२ कार्तिक २६, बुधबार १४:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry