भरतपुर अस्पताल: गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी

चितवन। भरतपुर अस्पतालमा साउनयता १२२ सर्पदंशका बिरामीको उपचार गरिएको छ। यसमध्ये १२ विषालु सर्पले डसेका छन्। अस्पतालका आकस्मिककक्ष प्रमुख अलाउदीन मियाँका अनुसार गत साउनमा ५६, भदौमा ६६ जना सर्पदंशका बिरामी आएका हुन। २ महिनामा १२ जनालाई ‘एन्टिस्नेक भेनम’ प्रयोग गरिएको उनले बताए।

Advertisement 1

चितवनसहित नवलपुर, मकवानपुर, तनहुँलगायतका जिल्लाबाट सर्पदंशका बिरामी भरतपुर अस्पताल आउने गरेका छन्। उनका अनुसार सर्पदंशका बिरामीमध्ये एन्टिस्नेक भेनम औषधिको प्रयोग गर्नुपरेकालाई सघन उपचारकक्षमा राखी उपचार गरिन्छ। गत वर्षभरमा ४९१ सर्पदंशका बिरामी अस्पताल आएका थिए।

सर्पदंशका बिरामी बढी वर्षात्को समयमा आउने गरेका छन्। खेती लगाउने समयमा सर्पदंशको समस्या बढी हुने गर्दछ। विषालु सर्पले टोक्दा बिरामीलाई पेट दुख्ने, कमजोरी महसुस हुने, आँखाको परेला झर्ने, हातखुट्टा चलाउन नसक्ने, वान्ता हुने, बेहोस हुनेजस्ता लक्षण देखिने उहाँले बताउनुभयो। विषादी नभएको सर्पले टोक्दा घाउ हुने र सुनिनेमात्रै हुन्छ। रुखहरूमा पाइने हरियो सर्पले टोक्दा रक्तश्राप बढी हुने, सुनिनेजस्ता लक्षण देखिने गरेको उनले जानकारी दिए।

Advertisement 2

सर्पले टोकेमा दौडिन, हिँड्न र हलचल गर्न नहुने, टोकेको ठाउँमा भन्दा माथि रक्तसञ्चार विस्तारै होस् भनेर बाँध्ने र नजिकैको अस्पतालमा लैजानुपर्ने उनले बताए। यस क्षेत्रमा कोभ्रा, करेत र भाइपर जातका विषालु सर्प भेटिने गर्दछ।

प्रकाशित :२०८३ आश्विन ७, बुधबार १५:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम