लुम्बिनी विकास बैंक द्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर सहयात्रा” गर्दै आएका भएका किर्तिमानी पर्वतारोही श्री कामी रिता शेर्पाले ३१ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुग्न सफल भएकोमा विकास बैंकले २०८२ कार्तिक २३ गते सम्मान कार्यक्रमको आयोजना गरी प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उनको उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान गरे।

Advertisement 1

किर्तिमानी पर्वतारोही श्री कामी रिता शेर्पा बिगत २ दशक देखि यस लुम्बिनी विकास बैंक लि. मा “निरन्तर सहयात्री” बनी आबद्घ रहेका छन्। उनको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले ३१ औं पटक आरोहण गरेको जानकारी दिए। उनको यस शाहसिक कार्यले लुम्बिनी विकास बैंक लि.सहित सम्पूर्ण देशलाई गौरवान्वित बनाएको छ ।

 

प्रकाशित :२०८२ कार्तिक २५, मंगलवार ११:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry